नरेन्द्रबहादुर श्रेष्ठ

नरेन्द्रबहादुर श्रेष्ठ (जन्मः वि. सं. २००४ असोज ९) नेपाली साहित्यकार एवं कलाकार हुन् । रूखका जराबाट कलाकृतिहरूको रचना उनको मुख्य परिचय एवं विशेषता हो ।[१][२] उनले शारदा पत्रिकाको सम्पादन पनि गरेका थिए ।[३]

नरेन्द्रबहादुर श्रेष्ठ
जन्म (1947-09-25) २५ सेप्टेम्बर १९४७ (उमेर ७६)
यट्खा, काठमाडौं
पेशालेखक, कलाकार
राष्ट्रियतानेपाली
शिक्षास्नातक
विधाकविता, चित्रकला, जराकला, काठेकला
जीवनसाथीनिरु श्रेष्ठ
धर्महिन्दु

प्रकाशित कृति

  1. ऊ भएर मेरो अभिव्यक्ति (२०४६, निराला प्रकाशन, भारत)
  2. प्याय् चाःगु सः (२०४९, कृति सफू कुथी, ललितपुर, नेसं ११११)
  3. सालिकको साम्राज्य (२०६७, जनमत प्रकाशन, नेपाल)
  4. अधरको मुस्कान (२०७१, गीतिसंग्रह)

प्रमुख प्रदर्शनी

  1. दृष्टिकोणः जरामा अर्थ खोज्दै (२०७३ असोज २ देखि २०७३ असोज ११), काठमाडौँ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्