वेस्ट इन्डिज अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

वेस्ट इन्डिज अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजको प्रतिनिधित्व गर्ने गर्दछ । यो वेस्ट इन्डिज क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो । वेस्ट इन्डिजले सन् १९७४ देखि अन्डर-१९ टेस्ट म्याच खेल्दै आएको छ । अन्डर-१९बाट खेल सुरूवात गरेका खेलाडीहरू ब्रायन लारा, शिवनारायण चन्द्रपाउल, रामनरेश शरवनकर्टनी वाल्सले टिमको प्रतिनिधित्व अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टोलीबाट गरिसकेका छन् । यस टिमले सन् २०१५ अगस्ट सम्म ६५ म्याच खेलिसकेको छ । यस टिमको जित प्रतिशत ६०% रहेको छ ।[१][२]

वेस्ट इन्डिज अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
टीम विवरण
कप्तानविजय मनसुखानी
प्रशिक्षकल्यारी गोम्स
टिम जानकारी
रातो
१९७४
आधिकारिक वेबसाइट:https://www.windiescricket.com/

अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन सम्पादन गर्नुहोस्

वर्ष आयोजक नतिजा
१९८८   अस्ट्रेलिया ३औँ
१९९८   दक्षिण अफ्रिका १०औँ
२०००   श्रीलङ्का ५औँ
२००२   न्युजिल्यान्ड ४औँ
२००४   बङ्गलादेश उप-विजेता
२००६   श्रीलङ्का ८औँ
२००८   मलेसिया ९औँ
२०१०   न्युजिल्यान्ड ३औँ
२०१२   अस्ट्रेलिया ६औँ
२०१४   संयुक्त अरब इमिरेट्स ६औँ
२०१६   बङ्गलादेश

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्