वेतकोट ताल वा बेदकोट ताल कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका मा रहेको छ । यो ताल दैजी बजारबाट करिब ७ कि.मि. उत्तरमा रहेको छ ।

वेतकोट ताल
रहेको स्थानकञ्चनपुर जिल्ला
भौगोलिक निर्देशांक२८°५०′२६.२″उ॰ ८८°१५′५०.४″पू॰ / २८.८४०६११°N ८८.२६४०००°E / 28.840611; 88.264000निर्देशाङ्कहरू: २८°५०′२६.२″उ॰ ८८°१५′५०.४″पू॰ / २८.८४०६११°N ८८.२६४०००°E / 28.840611; 88.264000
प्रकारप्राकृतिक सफापानी
सिंचित क्षेत्रनेपाल
जम्नेनजम्ने
बेदकोट ताल

अवस्थिति सम्पादन गर्नुहोस्

डडेल्धुराकञ्चनपूरको सिमा छुट्याउने चुरे पहाडको तल वेतकोट ताल रहेको छ।तालको नजिकै एउटा मन्दिर रहेको छ । जहाँ पुजा र दर्शन गर्नेहरूको घुईचो हुने गर्दछ।

पर्वर्द्धन सम्पादन गर्नुहोस्

यो ताल उचित संरक्षण नपाउदा उच्च जोखिममा परेको छ।तालको गहिराई पनि पूरिदै जान थालेको छ। ताल वरपर भर्मण गर्ध आउने मानिसहरूले फालेको फोहोर पनि त्यस्तै छ।यद्धपी अहिले मन्दिर तथा ताल व्यावस्थापन समिति भने निर्माण गरिएको छ ।जसले सङ्कलन गर्ने रकमलाई यो क्षेत्रको संरक्षणमा लगाउने बताएको छ।यस्ता साँझा सम्पदाहरूको संरक्षण गर्न सबैको सहयोग अनिवार्य हुन्छ।र सबैले हातेमालो गरेर अगाढी बढेमा यो क्षेत्रको सम्वर्द्धन हुनसक्छ।

पर्यटन सम्पादन गर्नुहोस्

हरियाली चुरेपर्वतको फेदीमा सानदार अवस्थीति भएको यो तालको सुन्दरताले यहाँ आउने सबैको मन छुने गर्छ।वर्षेनी हजारौको संख्यामा मानिसहरू यो ठाँउ घुम्न आउने गर्छन।प्रकृतिको सुन्दरतासंग रम्दै शान्त मनले मन्दिरमा दर्शन पनि गर्न पाइने भएकाले यसको महत्त्व अझै बढाएको छ।राम्रो व्यावस्थापन संगै यो क्षेत्रको प्रवर्द्धन गर्न सके यो एउटा कञ्चनपुर जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्नेछ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्