विषपुरूष कृष्ण अविरल द्वारा लिखित उपन्यास हो । रोजगारको खोजीमा विदेशिने पटक-पटकको प्रयास असफल भएपछि गाउँमै बरालिएको सुवास काठमाडौँ गएर वेश्या बन्छ र त्यसक्रममा उसले नेता पत्रकार, पुलिस पुराणवाचक पण्डितहरूसम्मको लुकेको अर्को अनुहार थाहा पाउँछ ।

विषपुरूष (उपन्यास)
लेखककृष्ण अविरल
आवरण कलाकाररोशन पोखरेल र लक्ष्मी बस्नेत
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारयौन
प्रकाशकब्रदर बुक्स प्रा.लि.
प्रकाशित मिति
२०७० वैशाख
पृष्ठ२३९
आइएसबिएन978-9937-2-6455-6

कथावस्तु सम्पादन गर्नुहोस्

यो उपन्यास एउटा बेरोजगार युवामा आधारित छ जो रोजगारीको लागि विदेशिने प्रयास गरिरहेको हुन्छ । मेनपावरबाट ठगिएपछि पुन गाउँ फर्कन्छ तर घरमा बर्खाको समयमा बाबुसँग झगडा हुन्छ र कमाउने नभइन्जेल घर नफर्कने घुर्की लगाउँदै काठमाडौँतिर हानिन्छ । जेनीको (जो उसको स्कुलको समयको साथी र हाल पत्रकार अनि यौन दलाल हुन्छे) सङ्गतमा परेर ऊ पुरूष वेश्या बन्न पुग्छ ।

मुख्य पात्रहरू सम्पादन गर्नुहोस्

  • सुवास
  • जेनी
  • विनिता
  • अमृता
  • मृदुला