विश्वबन्धु थापा
विश्वबन्धु थापा नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए। भीमसेन थापाका पाँचौं पुस्ताका सदस्य हुन्– वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा ।
प्रारम्भिक जीवनसम्पादन
उनको जन्म २४ भदौ १९८४ मा भएको हो ।
चन्द्र शमशेरका पालामा निर्वासनमा जानुभएका उनका बुबालाई जुद्ध शमशेरले माफी दिएपछि उनको परिवार बिराटनगर आयो । त्यतिबेला उनी जम्मा ६ वर्षको थिए । आदर्श विद्यालयमा पढेर विसं. २००१ सालमा मेट्रिक उत्तीर्ण गरे । त्यसलगत्तै विवाह गरेर थप अध्ययनका लागि बनारसतिर लागे ।
नेपाली कांग्रेससम्पादन
सुवर्ण शमसेरको प्रजातान्त्रिक कांग्रेस र राष्ट्रिय कांग्रेस मिलेर २७ चैत २००६ सालमा नेपाली कांग्रेस बन्यो । सभापति मात्रृकाप्रसाद कोइराला र महामन्त्री महेन्द्रविक्रम शाह बने ।
२००७ सालको क्रान्तिसम्पादन
२००७ सालको क्रान्तिमा उनी जनसरकारको विराटनगरमा गृहमन्त्री थिए । केशवप्रसाद कोइराला गभर्नर थिए ।। २४ पुस २००७ सालमा कांग्रेस, राजा र राणाबीचमा दिल्लीमा त्रिपक्षीय सम्झौता भयो । २००७ सालमा उनी केन्द्रीय सदस्यमा मनोनीत भए । त्यतिबेला गिरिजा मोरङको जिल्ला सभापति थिए ।
२०१५ सालको आम चुनावसम्पादन
२०१५ सालको आम चुनावमा कांग्रेसले १०९ मध्ये ७४ स्थानमा जित्यो । थापा चितवनबाट निर्वाचित भए । त्यसपछि उनी कांग्रेस संसदीय दलको प्रमुख सचेतक भए । वीपी कोइराला प्रधानमन्त्री बने।
पंचायत कालिन राजनीतसम्पादन
विश्वबन्धु थापा ०२० सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष भए । त्यसको एक वर्षपछि मन्त्रिपरिषदको उपाध्यक्ष भए । डा. तुलसी गिरीलाई हटाएर उनलाई अध्यक्ष बनाउने राजाको इच्छा रहेछ । तर, राजा बहुदल दिन तयार नभएकाले उनी अध्यक्ष बन्न मानेनन् । ०२३ साल साउनमा राष्ट्रिय पञ्चायत सदस्यबाटै राजिनामा दिए ।
त्यसको एक वर्षपछि राजाले गाउँ फर्क राष्ट्रिय अभियान घोषणा गरे । ०२६ सालमा उनाकै अध्यक्षतामा गाउँ फर्क राष्ट्रिय अभियानको केन्द्रीय समिति गठन भयो । अभियान सफल बनाउन गाउँ–गाउँ पुगे ।[१]