लभ इन चाइना बोर्डर (चलचित्र)

लभ इन चाइना बोर्डर वि.सं. २०६९ सालमा प्रदर्शन गरिएको नेपाली चलचित्र हो । यो चलचित्र पाख्रिन फिल्मस् ले निर्माण गरेको हो ।

लभ इन चाइना बोर्डर
निर्देशकउदय सुब्बा
निर्मातापाख्रिन फिल्मस्
सङ्गीतदीपकरमण
प्रदर्शन मिति
वि.सं. २०६९
देशनेपाल
भाषानेपाली

कथा सम्पादन गर्नुहोस्

यो चलचित्र प्रेम-कथामा आधारित छ ।

कलाकार सम्पादन गर्नुहोस्

चलचित्रमा सुवास मेचे, रोहित कुमार, जेनिसा केसी, दीपक क्षेत्री लगायतको अभिनय छ । उदय सुब्बाले निर्देशन गरेका हुन् ।

गीत सम्पादन गर्नुहोस्

दीपकरमणले सङ्गीत दिएका छन् । गीतहरूमा राजेश पायल राई, दीपक लिम्बू, बिनीता रसाइली, मनिषा पोखरेलमौसमी गुरुङको स्वर छ । गीतकार डब्बु क्षेत्री, नरेश भट्टराई, दयाराम दाहाल र निर्देशक उदय सुब्बा छन् ।

छायाङ्कन सम्पादन गर्नुहोस्

यो चलचित्र सगरमाथाको फेदी, सोलुखुम्बु जिल्ला उच्च हिमाली भेक तथा नेपाल-चीन सीमामा छायाङ्कन गरिएको हो ।

प्रदर्शन सम्पादन गर्नुहोस्

यो चलचित्र वि.सं. २०६९ साल चैत ९ गते देशभर प्रदर्शनमा ल्याइएको छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्