"रोमन साम्राज्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२:
अगस्टस पछी टाइबेरियस सत्तारूढ भए। उनी जूलियस को तेश्रो पत्नीको पहिलो बिबाहबाट जन्मेका पुत्र थिए । उनको शासन शान्तिपूर्ण रह्यो । उनीपछी कैलिगुला आए जसको सन् ४१ मा हत्या गरियो। परिवारको एक मात्र उत्तराधिकारी क्लाउडियस शासक बने । सन् ४३ मा उनले ब्रिटेन (दक्षिणार्ध)लाई रोमन उपनिवेश बनाए । त्यसपछि निरो सत्तासिन भए जसले सन् ५८-६३ को बीच पर्सियन ([[फारसी साम्राज्य]]) को साथ सफलता पूर्वक शान्ति सम्झौता गरे। निरो रोममा लागेको एक आगो को कारण प्रसिद्ध थिए । भनिन्छ कि सन् ६४ मा जब रोम आगो मा जलिरहेको थियो तब उनी बाँसुरी बजाउन व्यस्त थिए । सन् ६८ मा उनले आत्महत्या को लागि बाध्केय हुन पर्यो। सन् ६८-६९ सम्म रोम मा अराजकता छायो र गृहयुद्ध भयो । सन् ६९-९६ सम्म फ्लाव वंशको शासन आयो । पहिलो शासक वेस्पेसियन ले स्पेन मा कयौं सुधार कार्यक्रम चलाए। उनले [[कोलोसियम]] (एम्फीथियेटरम् फ्लावियन) को निर्माण को आधारशिला पनि राखे ।
 
सन् ९६-१८० को काल लाई पाँच योग्य सम्राटहरू को काल भनिन्छ। यस समयको राजाहरूले साम्राज्य मा शान्तिपूर्ण ढंगले शासन गरे । पूर्व मा [[फारसी साम्राज्य|पर्सियन साम्राज्य]] सँग पनि शान्तिपूर्ण सम्बन्ध रह्यो। यद्यपि फारस संग अर्मेनिया तथा मेसोपोटामिया मा रोमन को युद्ध भए तर उनको विजय र शान्ति समझौता बाट साम्राज्यको विस्तार कायम रही रह्यो। सन् १८० मा कमोडोस, जो मार्कस अरेलियस सा पुत्र थिए, शासक बने । उनको शासन पहिले त शान्तिपूर्ण रह्यो तर पछी उनको बिरुद्ध विद्रोह र हत्याको प्रयत्न भए । यसबाट भयभीत र यसैको कारण अत्याचारी बन्दै गए।
 
सेरेवन वंशको समय रोमको सबै प्रान्तवासीलाई रोमन नागरिकता प्रदान गरियो। सन् २३५ सम यो वंश समाप्त भयो। यसपछि रोम को इतिहासमा सङ्कट को समय आयो। पूर्वमा फारसी साम्राज्य शक्तिशाली हुदै गयो। साम्राज्य भित्र पनि गृहयुद्ध को स्थिति आयो। सन् ३०५ मा कन्स्टेंटाइन को शासन आयो। यसै वंश को शासनकालमा रोमन साम्राज्य विभाजित भयो। सन् ३६० मा यस साम्राज्य को पतन पश्चात साम्राज्य सुस्त सुस्त कमजोर हुँदै गयो। पाँचौ शताब्दी सम्म साम्राज्यको पतन हुन लाग्यो र पूर्वी रोमन साम्राज्य पूर्व मा सन् १४५३ सम्म कायम रह्यो।