"प्रमुख प्रतिपक्ष" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''प्रमुख प्रतिपक्ष''' संसदमा विपक्षमा रहेको सबैभन्दा ठूलो दल वा...
(कुनै भिन्नता छैन)

२२:५८, २१ फेब्रुअरी २०२० जस्तै गरी पुनरावलोकन

प्रमुख प्रतिपक्ष संसदमा विपक्षमा रहेको सबैभन्दा ठूलो दल वा सत्तारुढ दलपछिको ठूलो दल हो । संसदीय प्रणाली अवलम्बन गरेका मुलुकमा प्रमुख प्रतिपक्षलाई प्रतीक्षारत सरकार पनि भन्ने चलन छ । देशअनुसार प्रमुख प्रतिपक्षको मान्यता पाउने मापदण्ड वा संवैधानिक-कानुनी प्रावधान फरक फरक छन् । भारतको लोकसभाका कुल सदस्यको कम्तीमा १० प्रतिशत अर्थात् ५४५ सदस्यमध्ये न्यूनतम ५५ जना एउटै संसदीय दलका भएमा मात्र त्यस दलका नेताले प्रमुख प्रतिपक्षका नेताको हैसियत प्राप्त गर्दछन् ।[१][२] सभाध्यक्ष वा सभामुखले यस्तो हैसियत प्रदान गर्दछन् । विपक्षी दलसँग न्यूनतम सांसद संख्या नभएकाले भारतको तल्लो सदन लोकसभामा हाल प्रमुख प्रतिपक्ष नेताको पद रिक्त छ । नेपालमा भने यस्तो मान्यता प्राप्त गर्नका लागि न्यूनतम सीमा तोकिको छैन ।[३][४] नेपालको प्रतिनिधि सभामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष र यसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका नेता रहेका छन् ।

सन्दर्भ सामग्रीहरू