"काशीदास रायठोर" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

०८:२०, ६ अगस्ट २०१९ जस्तै गरी पुनरावलोकन

काशीदास रायठोर नेपालका विभिन्न ब्राह्मण, क्षत्रिय, ठकुरी तथा थकालीहरूको वंशावली तथा पुरातन लेखोटहरूमा उल्लेखित मूलपुरुष हुन् । उनी कन्नौजका रायठोर उपाधि धारण गर्ने सोमवंशी राजपूत राजपरिवारका वंशज थिए । गौचन वंशावली अनुसार काशीदास सोमवंशी पाण्डवहरूबाट वंश चलेको राजा लक्ष्मीचन्द्रका ११ औं वंशज राजा मठिमल रायठोरका छोरा थिए र मुसलमानहरूको हमलाबाट जोगिन ब्राह्मणको भेष लिइ हिमालयतिर पसेका थिए । योगी नरहरिनाथले प्रस्तुत गर्नुभएको सन्धिपत्रसंग्रहमा राखिएको अछाम तथा सल्यान राजवंशावलीले काशीदासलाई उक्त रजौटाको मूलपुरुष मानेको थियो र उज्जैनबाट आएको कुरा उल्लेख गरिएको थियो । भारतीय इतिहासकार रामनिवास पाण्डेले काशीदास कन्नौजको गाहडवाल वंशका भएको हुन सक्ने संकेत गरेका थिए । योगी नरहरिनाथका अनुसार काशीदासलाई रतनजोत (रत्नसिंह) पनि भनिएको थियो ।

काशीदासलाई खाँडाचक्रका ऐतिहासिक राजा मलेबमले पूर्वज मानेका थिए । पर्वतका बम मल्ल, अछाम र सल्यानका राजवंशावलीले काशीदासलाई मूलपुरुष मान्दछ ।

बम मल्ल (पर्वत) वंशावली

कल्याल शाही वंशावली

पोखरेल वंशावली

गौचन वंशावली

सन्दर्भ