थकाली जाति
थकाली जाति नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो। मुस्ताङ जिल्लाको थाकखोला थकालीहरूको गढ मानिन्छ यद्यपि देशका विभिन्न ठाउँहरूमा थकाली जातिहरू छरिएर रहेका छन्।
थकाली जाती तिब्बती-बर्मेली परिवारमा पर्दछन्। थकाली भाषा गुरुङ (तमु) र तामाङ भाषाहरूसँग मिल्दोजुल्दो किसिमको हुन्छ।
थकाली जातिको आर्थिक संस्थालाइ ढिङ्कुर भनिन्छ।
थरहरू
सम्पादन गर्नुहोस्थकालीमा चार प्रमुख थरहरू हुन्छन् :
प्रमुख पर्व
सम्पादन गर्नुहोस्ल्होछार थकालीहरूको एक प्रमुख पर्व हो। यो एक १२ वर्षको चक्रीय मेलाको रूपमा प्रसिद्ध छ। थकालीहरु वन र बौद्ध धर्म दुवैको पालन गर्दछन्। थकालीहरूको तोरन्ल पर्व र फागु पूर्णिमा सँगसँगं पर्दछ जसमा खासगरी आफ्ना पुर्खाहरूको पूजा र प्रार्थना गर्ने गरिन्छ।
थकालीहरूको संख्या १३,७३१ छ ।[१] थकालीहरु व्यापारिक समुदायको रूपमा प्रसिद्ध छन्। सम्मुन्नत आदिवासी जनजाति थकालीको उद्गम स्थल मुस्ताङको थाकखोला नै हो। खप्राङ-बिनायो, घोटो-कल्ली, ढमकेन-तारको बाजा यसजातिले प्रयोग गर्ने गरेको देखिन्छ। नेपालको मुस्ताङ क्षेत्र (थाक खोला)का बासिन्दा | थकाली हरू ब्यापार ब्यबसायमा निपुण मानिन्छन् |
प्रसिद्द् थकाली
सम्पादन गर्नुहोस्- भुपी शेरचन
- नेपाली भाषामा घर (कुल)को जेठो बाठो ब्यक्ति लाई पनि थकाली भनिन्छ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ जनगणना २००१