"रामकृष्ण परमहंस" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१:
सन्त रामकृष्ण परमहंसको जन्म १८ फेब्रुअरी, १८३६ मा बङ्गाल प्रान्त स्थित [[कामारपुकुर]]भन्ने गाउँमा भएको थियो। उनको बाल्यकालको नाम गदाधर थियो। उनको बुबाको नाम खूदिराम र आमाका नाम चन्द्रमणी देवी थियो। उनको बालसुलभ सरलता र मन्त्रमुग्ध मुस्कानदेखि जो कोही पनि सम्मोहित हुन्थे।
 
सात वर्षको अल्पायुमा नैं गदाधरका बुबाको मृत्यु भयो । यस्तो विषम परिस्थितिमा पूरा परिवारको भरण-पोषण गर्न कठिन थियो। आर्थिक कठिनाइ आयो। बालक गदाधरको साहस कम भने थिएन । उनको दाजु [[कलकत्ता]]मा एक पाठशालाका सन्चालक थिए। तिनले गदाधरलाई आफु सङ्गसँँग कलकतामाकलकता लगे । रामकृष्णको अन्तर्मन अत्यन्त निश्छलनिश्चल, सहज र विनयशील थियो। संकीर्णताहरूदेखि धेरै टाढा थिए। उनी सदा आफ्नो कार्यमा लागी रहन्थे।
 
==जीवन वृत्त==
सतत प्रयास पछि पनि रामकृष्णको मन अध्ययन/अध्यापनमा लाग्न सकेन । कलकत्ताको नजीक दक्षिणेश्वर स्थित काली माताको मन्दिरमा उहाँका अग्रज रामकुमारले पुरोहितको दायित्व सुम्पनु भयो। रामकृष्ण यसमा रम्न सक्नु भएन। कालान्तरमा ठूला भाइ पनि बित्नु भयो। भित्रदेखि मन नपरे पनि रामकृष्ण मंदिरको पूजा एवं अर्चना गर्न थाल्नु भयो रामकृष्ण माता कालीका आराधक हुनु भयो। बीस वर्षको अनवरत साधना पश्गचात माताको कृपाले उहाँलाई परम दिव्य ज्ञान प्राप्त भयो। उहाँको प्रिय शिष्य स्वामी विवेकानन्दे एक पल्ट उहाँलाई सोघ्नु भयो की महाशय के तपाईंले ईश्वरलाई देख्नु भाको छ ? महान साधक रामकृष्णले उत्तर दिनु भयो की हो मैले देखेको छु । जस प्रकार तिमीलाई देखी रहेको छु ठीक त्यसै प्रकार । तर त्यो भन्दा झन वढी स्पष्ट रुपमा । उहाँ स्वयंको अनुभूति देखि ईश्वरको अस्तित्व सम्मको विश्वास दिलाउनु हुन्थ्यो । उहाँ आध्यात्मिक सत्यवादी, ज्ञानका प्रखर तेजदेखि भक्ति ज्ञानका प्रदर्शक हुनुहुन्थ्यो। काली माताको भक्तिलाइ अाह्वान गरेर उहाँ भक्तहरूलाई मानवताको पाठ पढाउनुहुन्थ्यो ।