"शङ्कराचार्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
'''आदि शंकराचार्य''', जसलाई शंकर भगवद्पादाचार्यको नामले पनि जानिन्छ, [[वेदांत]]का [[अद्वैत मत]]का प्रणेता थिए। उनको विचारोपदेश [[आत्मा]] र [[परमात्मा]]को एकरूपतामा आधारित छन् जसको अनुसार परमात्मा एउटै समयमा [[सगुण]] र [[निर्गुण]] दुइटै स्वरूपमा रहन्छ। आदि शंकराचार्यलाई [[शिव]]को अवतार मानिन्छ।
 
==दिव्य जन्म==
 
आचार्य शङ्करको जन्मको वास्तविक तिथिमितिको बारेमा अनेक विवाद छन् । हरेक अवतारी पुरुषको जन्म र मृत्यु दुवै दिव्य मानिन्छ । त्यसैले सुरुमा शङ्करको जन्म मितिको बारेमा खासै खोजी भएन । पछि गरिएका अनुसन्धानहरुबाट उनको जन्म वि.सं. ७४३ (सन् ६८६) बैशाख शुक्ल तृतीयाको मध्यान्ह कालमा विशिष्टादेवीको गर्भबाट दक्षिण भारतमा भएको जानकारी प्राप्त हुन्छ ।<ref>{{cite book|last1=तिवारी|first1=गोपालनिधि|title=जगद्गुरु श्रीआद्यशंकराचार्य|date=वि.सं.२०४५}}</ref> उनका पिता शिवगुरू नामपुद्रिको घरमा विवाहका धेरै वर्षसम्म जब कोही संतान भएनन् तब उनले आफ्नी पत्नी विशिष्टादेवीको साथ पुत्र प्राप्तिको कामनाले धेरै समयसम्म चंद्रमौली भगवान शंकरको कठोर आराधना गरे। अन्तमा प्रसन्न भएर भगवान शंकरले उनलाई सपनामा दर्शन दिए र भनें- ‘वर माँग।’ शिवगुरूले आफ्ना इष्टसित एउटा दीर्घायु सर्वज्ञ पुत्र माँगे। भगवान शंकरले भने- ‘बाबु, दीर्घायू पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायू हुँदैन। भन तिमी कस्तो पुत्र चाहन्छौ?’ तब धर्मप्राण शास्त्रसेवी शिवगुरूले सर्वज्ञ पुत्रको याचना गए। भगवान शिवले फेरि भने- ‘बाबु तिमीले सर्वज्ञ पुत्र पाउनेछौ। म आफैं तिम्रो पुत्रको रूपमा तिम्रो घरमा अवतार लिनेछु।’ लिनेछु।
आठ वर्षमा संन्यास ग्रहण गरी [[व्यास]] परम्पराका आचार्य गौडपादको शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दु धर्मका मूलतत्वको जानकारी दिंदै आधा एसिया भ्रमण गरेका आचार्यको मृत्यु ३२ वर्षको उमेरमा बदरीनाथ धाममा भएको मानिन्छ । मृत्यु अघि उनले भ्रमण गरेको महत्वपूर्ण तीर्थ नेपालको पशुपतिनाथ हो । त्यसैले [[पशुपतिनाथ]] हिन्दुहरुका लागि महत्वपूर्ण तीर्थस्थल रहीआएको छ ।
 
"https://ne.wikipedia.org/wiki/शङ्कराचार्य" बाट अनुप्रेषित