"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
[[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]का छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा [[शाह वंश|राजा बीरेन्द्र]] लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि [[शाह वंश|राजा बीरेन्द्र]]का भाई ज्ञानेन्द्र राजा भएका थिए।
 
== प्रारम्भिक जीवन र पहिलो शासन ==
'''ज्ञानेन्द्र शाह''' युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौं, पुरानो नारायणहिटि राजदरबारमा जन्मिएका थिए उनको जन्म पछि, उनको पितालाई राजज्योतिषहरुले नव शिशुलाई संगै राख्दा नराम्रो हुने सक्छ भनेकाले उनी मामाघरमा हुर्के ।
 
२००४ को राजनीतिक घटनाको समयमा उनका पिता र हजुरवुवा र अन्य राजपरिवार सदस्यहरु भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए । उनलाई प्रधान मन्त्रि मोहन शमशेरले २००४ कार्तिकमा राजा घोषणा गरे । उनको राज्यबिशेक मात्र भएन , उनको नाममा मुद्राहरु समेत निष्काशन गरिए । राणा प्रधानमन्त्रिले राजाको लागि बार्षिक ३,००,००० रुपैया बजेट छुट्याएको थियो । २००७ को दिल्ली सम्झौता पछी नेपालमा राणाशासन अन्त्य भयो , राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हाले ।
 
ज्ञानेन्द्रको पढाई दाजु राजा बिरेन्द्र संगै दार्जीलिङको सेन्ट जोसेफ स्कुलमा भयो ।उनले त्रिभुवन विश्वविद्यालयबाट १९६९ मा स्नातक गरे ।
 
उनले दाजु बिरेन्द्रको राज्यबिषेकको समयमा सल्लाहकार समितिको अध्यक्षको रुपमा काम गरे ।उनले महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष भएर समेत २०५८ सम्म सेवा गरे ।
 
उनको विवाह बैशाख १८, २०२७ मा कोमल राज्य लक्ष्मी देवी सँग भयो । उनीहरुको दुई सन्तान छन् ।
 
* पारस शाह ( जन्म : पौष १५, २०२८ )
 
* प्रेरणा राज्य लक्ष्मी सेवी सिंह ( जन्म : फाल्गुण ९, २०३४ )
 
== राज्यारोहण ==
२०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा [[शाह वंश|राजा बीरेन्द्र]]को हत्या भएपछि दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । दिपेन्द्र अचेत अवस्थामा भएकाले ज्ञानेद्रलाई राज्य सहायक घोषित गरिएको थियो ।
 
== प्रत्यक्ष शासन ==
उनले देशमा भई रहेको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले। तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रिक शासन व्यवस्था माथि हमला बोलेको आरोप लगाउदै आन्दोलनमा उत्रे। प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन्। [[गणतन्त्र]] घोषणापछि उनी बालाजु माथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन भने उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ।
 
Line ५१ ⟶ ७०:
}}
{{बाकस-अन्त्य}}
 
== सम्मान ==
 
* [[नेपाल प्रताप भास्कर|नेपाल प्रताप भाष्कर]]
* ओजस्वी राज्य पदक
* नेपाल तारा
* [[त्रिशक्ति पट्ट]]
* [[गोरखा दक्षिण बाहु]]
* [[महेन्द्र माला]]
* बिरेन्द्र माला
* राजा बिरेन्द्रको गद्दी आरोहण रजत महोत्सव पदक
 
==महत्त्वपूर्ण सम्बोधनहरू==