"माचू पिचू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ६१:
इतिहासकार हीराम बिंह्यामले यस स्थानलाई इन्का समुदायले एक सुरक्षित वासस्थानको रूपमा प्रयोग गरेको तथ्य प्रस्तुत गरेका छन । उनका अनुसार माचू पिचू इन्का समुदायका 'Virgins of suns'को जन्मस्थल हो । पुरातत्वविदहरू जोन रोव र रिचर्ड बर्गरले गरेको एक अनुसन्धानले माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२)को लागि निर्माण गरिएको हो भन्ने कुरामा विश्वका पुरातत्वविदहरूलाई विश्वस्त गरेको छ । अर्का अनुसन्धानकर्ता जोहन रेइनहार्डले उक्त स्थानको भौगोलिक अवस्थिति र त्यस क्षेत्रमा रहेका पहाडहरूका कारण नै माचू पिचूलाई इन्का समुदायले पवित्र स्थानको रूपमा चुनेको हुनसक्ने तथ्यहरू पेशगरेका छन । माचू पिचूबाट अन्तरीक्षमा हुने विभिन्न घटनाहरूको अवलोकन गर्न सहजहुने भएकोले पनि यो स्थान इन्का समुदायको लागि महत्वपूर्ण थियो ।
 
अर्का पुरातत्वविद जोहन रेइनहार्ड माचू पिचू इन्का समुदायको एक पवित्र धार्मिक स्थल थियो भन्ने विस्वास गर्छन । उनको सिद्धान्तले मुख्य रूपमा माचू पिचूको भौगोलिक अवस्थितिलाई जोड दिएको छ । उच्च पहाडी भूभागमा निर्माण गरिएको यो स्थान इन्का समुदायका लागि धार्मिक महत्व बोकेको पवित्र स्थल थियो त्यसैले उनिहरूले माचू पिचूलाई आफ्नो बासस्थान बनाए । रेइनहार्ड यसलाई "पवित्र भूगोल"को उपमा दिएकाछन । जुन पहाडको नामबाट माचू पिचूको नामाकारण गरियो त्यो पहाडमा निर्माण गरिएका संरचनाहरूमा इन्का समुदायका मानिसहरूले धार्मिक कार्यमा चढाएका सामाग्रीहरूसामग्रीहरू गाडिएको अवस्थामा पाइएका छन । यस्ता संरचनाहरू अन्य प्रमाणित इन्का समुदायका धार्मिक स्थलहरूमा पनि पाइने तथ्य रेइनहार्डले अघिसारेका छन । यस क्षेत्रमा कुदिएका ढुंगाहरूमा पाइएका कलाकृतिहरू तथा गुप्त लिपिहरूको बारेमा तत्कालिन स्पेनिस घुसपैठीयाहरूले -यस्ता किसिमका भवनहरू धार्मिक महत्वका हुन भनी लेखेका पाइएको छ । रेइनहार्डले प्रसतुत गरेको यो तथ्य सबैभन्दा ठोस सबूत मान्न सकिन्छ किनकि वास्तव मै यस्ता कलाकृतिहरू अन्य धार्मिक स्थलहरूमा पनि पाइन्छन् र यो स्वभाविक पनि हो कि धार्मिक महत्वका वस्तुहरू पवित्र स्थान मै राखिन्छन् ।
 
एउटा अर्को सिद्धान्त अनुसार माचू पिचू इन्का समुदायको llaqta थियो, जुन तत्कालिन अवस्थामा विजय प्राप्त क्षेत्रहरूको अर्थव्यवस्थामा नियन्त्रण गर्न निर्माण गरिएको वस्ति थियो । त्यस्तै केही इतिहासकारहरू अझैसम्म पनि यो स्थान इन्का समुदायको बिरुद्ध जघन्य अपराध गर्ने अपराधिहरूको लागि एक जेलको रूपमा निर्मित गरिएको हुनसक्ने दावी गर्छन । एक वैकल्पिक सिद्धान्तले माचू पिचू एक कृषि परीक्षणस्थल थियो भन्ने तथ्यहरू समेत प्रस्तुत गरेको छ । उक्त स्थानमा सानो भूगोल भित्रनै गहरा निर्माण गरी विभिन्न अलग-अलग हावापानीमा हुर्कने बालीको परिक्षण सम्भव भएकोले इन्का समुदायले उक्तस्थानमा वस्ती
पङ्क्ति ८३:
हुनत माचू पिचूलाई इतिहासकार हिराम बिंह्यामले नै बाहिरी विश्वसँग परिचित गराएका थिए तर उनी भन्दा पहिला नै अरू धेरै मानिसहरूले यसको अस्तित्वको बारेमा थाह पाइसकेका थिए । कस्को क्षेत्रमा लामो समय अनुसन्धान गरिसकेका सिमोन वाइसबर्डले सन् १९०१को जुलाई १४मा Enrique Palma, Gabino Sánchez र Agustín Lizárraga नामगरेका तीन व्यक्तिहरूले माचू पिचूमा भएका चट्टानहरूमा आफ्नो नाम खोपेका थिए भनेर दावी गरेका थिए । त्यस्तै सन् १९०४मा एकजना फ्र्याङ्कलिन नाम गरेका इन्जिनियरले टाढाको पहाडबाट माचू पिचूमा रहेको भग्नावषेस देखेका थिए भनिन्छ । उनले यस स्थानको बारेमा तत्कालिन बेलायती क्रिश्चियन मिसीनरी Thomas Payneलाई भनेका थिए भनेर Payneको परिवारले दावी गरेका थिए । उनीहरूका अनुसार सन् १९०६मा Payne र Stuart E. McNairn (१८६७-१९५६)ले माचू पिचूको भग्नावषेस सम्म पुगेर त्यसको अवलोकन पनि गरेका थिए ।
 
प्राप्त तथ्यहरू अनुसार जर्मनीका अगस्टो बर्न्स नाम गरेका एक व्यापारीले सन् १८६७मा माचू पिचू पत्ता लगाएर त्यहा भएका महत्वपूर्ण सामाग्रीहरूसामग्रीहरू उठाऐर लगेका थिए । त्यस्तै जेएम भन ह्यासल नाम गरेका जर्मन इन्जिनियरले पनि उक्त स्थानको यात्रा गरेका प्रमाणहरू पाइएका छन । इतिहासकारहरूले फेलापारेका केही नक्साहरूले माचू पिचू सन् १८७४ भन्दा अगाडि नै पत्ता लागिसकेको तथ्य प्रस्तुत गरेका छन ।
 
==भौगोलिक अवस्था==
"https://ne.wikipedia.org/wiki/माचू_पिचू" बाट अनुप्रेषित