"द्रौपदी" का संशोधनहरू बिचको अन्तर

सा +ढाँचा
पङ्क्ति २२:
::अर्थात छोरा हो म ओछ्यान छोडेर उठ्न सक्दिन तिमीले ल्याएको चिजलाई तिमीहरू नै पाँच भाग लगाएर भोग गर्नु ।
माताको आज्ञा सुनेर पाण्डवहरूले आपसमा सल्लाह गर्न थाले आज सम्म पाण्डवहरूले कहिले पनि मातृ आज्ञाको उलङ्घन गरेका थिएनन् । तर, यो त पत्नीको कुरा थियो त्यसलाई पाँच भाग लगाएर कसरी भोग गर्ने ? अन्तमा द्रौपदीलाई पाँचै भाईले विवाह गर्ने योजना बनाए । द्रौपदीले पूर्व जन्ममा पाँच पति पाउँ भनेर तपस्या गरेकी थिइन् । त्यसैले यिनका पति पाँच पाण्डवहरू भए । पाण्डवहरूको इछ्छा अनुसारा द्रुपदले पनि एक एक गरेर पाँच भाइसँग द्रौपदीको विवाह गरे । <ref name= "महाभारत"/>
==कौरव द्वारा द्रौपदीको चिरहरण==
द्रौपदीको स्वयंवरमा पाण्डवहरूलाई देखेर धृतराष्ट्रका छोरा कौरवहरूले पाण्डवहरू जिउँदै छन् भन्ने थाह पाए । त्यस पछि धृतराष्ट्रले पाण्डवहरूलाई बोलाएर [[इन्द्रप्रस्थ]]मा राज्य गरेर बस्न दिए । अग्नी देवताको आग्रहमा [[कृष्ण]] र अर्जुनले खाण्डव वन दहन गर्न अग्नीलाई सघाए । खाण्डव वनलाई अग्नीले दहन गर्ने बेलामा [[मय]] नामको दानव खाण्डव वनमा नै बस्ने गर्थ्यो । खाण्डवमा आगो लागेको देखेर बाहिर भाग्ने प्राणीलाई कृष्णार्जुनले रोक्ने गर्थे । मय पनि बाहिर भाग्न खोज्दा कृष्णार्जुनले रोके । यो देखेर मय डराएर कृष्णार्जुनको पाउमा परेर आफ्नो जिवन रक्षाको भिख माग्यो । कृष्णार्जुनको मनमा आयो र मयलाई छोडी दिए । खाण्डव दहन पछि मयले कृष्णार्जुनसँग जिवन बचाएको गुणमा म के सहयोग गरूँ भनेर सोध्यो । मयको कुरा सुनेर कृष्णले पाण्डवहरूको लागि एक राजशभा बनाइ दिने आज्ञा गरे । दानव मय वास्तुकलामा निकै निपुण थियो । मयले पाण्डवको लागि निकै राम्रो शभा निर्माण गरिदियो । शभाको विचमा हेर्दा जमिन जस्तै देखिने पानीका तलाउहरू बनायो । कतै जमिनलाई हेर्दा पानी झैं देखिने बनायो ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/द्रौपदी" बाट अनुप्रेषित