"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९५:
[[फ्रान्स]]को इतिहासमा नै सबैभन्दा संकट सन् १७८६ को औद्यौगिक संकट र सन् १७८७ र १७८८ मा देशैभरि खडेरी पर्न गई अन्न उत्पादनमा कमी भएको कारणले फ्रान्स भरी नै आर्थिक मन्दी आउनु फ्रान्सेली राज्य क्रान्तिका लागि उर्वर वातावरण बन्दै गएको थियो । अनिकाल र मूल्य वृद्धिका कारण सर्वसाधारण जनता संकटग्रस्त जीवन विताउन वाध्य हुनु नै उक्त क्रान्तिका लागि महत्त्वपूर्ण आधार बन्यो ।
 
स्टेट जनरलका कुलिन वर्ग, पुरोहित वर्गहरू पनि सामान्य जनताका प्रतिनिधि जस्तै राजतन्त्र विरुद्ध आक्रोसित बन्दै जानु नै राजतन्त्रको अवशान हुने अर्को मुख्य कारण थियो । अर्कोतर्फ सामान्य जनताको प्रतिनिधि भने पूरै आक्रोशित थिए । [[लुई सोह्रौँ|लुई सोह्रौ]]ले करिव १ सय ५० वर्ष पश्चात बढ्दो आर्थिक संकट समाधान गर्नको लागि भर्साइल स्टेट जनरलको बैठक बोलाउन वाध्य भए ।{{sfn|Doyle|1990|p=93}}
 
=== स्टेट जनरल बैठक ===
पङ्क्ति १३१:
 
==== पेरिसमा जनविद्रोह ====
 
 
पेरिसमा भोका नाङ्गा मानिसहरू सहित विशाल जनसमूहको भीड जम्मा भएको थियो । सर्वसाधारण प्रति सहानुभूति राख्दै विशेषाधिकारवालालाई पनि समान करको दायरामा ल्याउन चाहाने अर्थमन्त्री नेकरलाई राजाले पदच्यूत गरेको समाचार पुगेपछी पेरिसमा रहेको जनसूहमा उत्तेजना फैलियो ।
 
१२ जुलाई १७८९ मा पेरिसको एउटा सरकारी बगैंचामा भेला भएको भीडलाई एक पत्रिका सम्पादक कोमाइलले चिच्याउदै -"छिटो गरौं भाइ हो, अब एक क्षण पनि नष्ट गर्नु हुन्न । राजाले हाम्रा प्रिय अर्थमन्त्री नेकरलाई पदच्यूत गरे । उनको यो पदच्यूत देशभक्तहरूको लागि खतराको घण्टी हो । अब जर्मन तथा स्वीस सैनिकहरूले हामीलाई मार्नेछन् । अब हामी सँग एउटामात्र बाटो छ, त्यो हो हतियार उठाउनु । अब हामी हतियार उठाउँ । हतियारबाट सुसज्जित भएर मात्र हामी आफ्नो र आफ्ना प्रतिनिधिको रक्षा गर्न सक्दछौं । "
 
 
यो भाषणले भीड झनै उत्तेजित भयो। मानिसहरु नारा लगाएर कुलीन र पादरीका घरमा पसेर लुटपाट गर्दै र हतियार भेला पार्दै पेरिसका सडकमा घुम्न थाले। १८ जुलाई सम्ममा यो भीडले २ तोप, ३२,००० बन्दुक ५२००० भाला र अरु थुप्रै स-साना हतियार भेला पार्यो ।<ref>Schama 2004, p. 331</ref>
Line २०१ ⟶ १९९:
* एक, राज्यको सार्वभौम शक्ति जनतामा निहित छ
 
* दोश्रो, शक्तिको पृथकिकरण राज्य एवं जनताको हित हुनेछ ।{{sfn|Schama|1989|pp=527-529}}
 
यद्यपि शासन प्रणाली राजतन्त्रात्मक नै रह्यो तथापी राजाको अधिकारहरु सीमित गरिएका थिए। अब राजा कानुन निर्माता रहेनन् । राजालाई कुनै देशसँग  युद्ध वा सन्धि गर्ने अधिकार थिएन । कानून बनाउने अधिकार एक व्यवस्थापिका सभालाई दिइयो र उक्त सभाको सदस्य संख्या ७४५ थियो। व्यवस्थापिका सदस्य निर्वाचनको लागि नागरिकहरूलाई सक्रिय र निष्क्रय दुइ भागमा विभाजन गरियो र मताधिकार केवल सक्रिय नागरिकलाई दिइयो। सक्रिय नागरिक २५ वर्ष भन्दा अधिक आयुको नागरिक थिए जो राज्यलाई तीन दिनको आय बराबरको प्रत्यक्ष कर तिर्थे जबकि निष्क्रिय नागरिकमा गरिबहरु थिए ।
Line २०८ ⟶ २०६:
 
=== द्वितीय चरण ===
राष्ट्रिय सभा भंग भए पश्चात् सन् १७९१ मा ७४५ सदस्यीय व्यवस्थापिका सभा (Legislative Assembly) अस्तित्वमा आयो ।{{sfn|Crook|1996|p=94}} यस व्यवस्थापिका सभामा सभामुख /अध्यक्षको दाहिने हात तिर बस्नेलाई 'दक्षिणपन्थी' भनियो । उनीहरू अनुदार एवं राजतन्त्रको समर्थक थिए जबकि वायाँ तिर बस्नेलाई  'वामपन्थी' भनियो र यस समुह मूल परिवर्तनवादिहरु (Redicals) थियो जो उग्र र क्रान्तिकारी थिए । रेडिकल्स पनि दुई वर्गमा विभाजित थिए - [[जिरोन्दिस्ट]] र [[ज्याकोबियन]]।
 
यसैबीच फ्रान्सको क्रान्तिको भय युरोपका अन्य देशहरूमा समेत फैलन लाग्यो। जो पादरी एवं कुलीन वर्ग फ्रान्सबाट भागेर युरोपका अन्य क्षेत्रहरूमा पुगेका थिए उनिहरूले क्रान्तिको विरूद्ध भावना फैलाए। अर्को तर्फ फ्रान्सका क्रान्तिकारी अन्य देशमा पनि क्रान्तिकारी सिद्धान्तको प्रचार-प्रसार गर्न चाहन्थे। फलतः युरोपका अन्य राजा सशंकित भए। परिणामस्वरूप क्रान्तिकारी फ्रान्स र युरोपका अन्य देशहरू सङ्ग आपसी सम्बन्ध चिसो भयो । आस्ट्रियाले क्रान्तिकारीहरूले आग्रह गर्दा गर्दै पनि फ्रान्सको राजतन्त्र समर्थक शरणार्थीहरूलाई शरण दियो । अतः व्यवस्थापिका सभाले अप्रिल १७९२ ई मा अस्ट्रिया विरूद्ध युद्धको घोषणा गर्‍यो, किन्तु फ्रान्सको सेना नराम्रो सँग पराजित भयो । यस पराजयले  फ्रान्सको जनतालाई विश्वास भयो कि राजाले अष्ट्रियालाई फ्रान्सको सैन्य शक्ति र सुरक्षाको सबै भेद बताइदिए । अतः राजा प्रति जनताको रवैया उग्र भयो। यो स्थितिमा फ्रान्सेली राजतन्त्रको समर्थनमा प्रसा र आस्ट्रियाले चेतावनी दिदै घोषणा गरे कि "फ्रान्सको जनता राजाको आज्ञा पालन गरुन् अन्यथा हामी उनीहरू विरूद्ध कारवाही गर्छौ।" यस प्रकार फ्रान्सको क्रान्तिले युरोपमा युद्धको स्थिति उत्पन्न गर्‍यो ।
Line २६१ ⟶ २५९:
“डाइरेक्टरी” शासन वस्तुतः नेशनल कन्भेन्सनले एक संविधान निर्माण गरी कार्यपालिकाको उत्तरदायित्व ५ सदस्यीय निर्देशनालय “निर्देशक मण्डल” लाई सुम्पिइयो। निर्देशनालयको सबै सदस्यहरूको अधिकार बराबर थियो। प्रत्येक सदस्य पटक -पटक गरी तीन महिनाको लागि अध्यक्ष हुन्थे। प्रत्येक वर्ष एक सदस्य कार्यकाल समाप्त हुन्थ्यो र उनको साटो दोश्रो सदस्यको नियुक्ति हुने गर्थ्यो। यस प्रकार नेशनल कन्भेन्सन पछि फ्रान्समा डाइरेक्टरी शासन शुरू भयो जुन १७९५ देखी १७९९ सम्म चल्यो। अन्तमा [[नेपोलियन बोनापार्ट|नेपोलियन]]ले डाइरेक्टरी शासनको अन्त गरे। डाइरेक्टरीको यो शासन अव्यवस्थित, दुःखमय रह्यो। सञ्चालक मण्डललाई सशस्त्र सेनाको नियन्त्रण एवं सेनाध्यक्ष र जनरलको नियुक्ति, फ्रान्सको तर्फबाट सन्धि तथा युद्धको घोषणा गर्ने अधिकार थियो। संचालक मण्डलको सामु प्रमुख समस्या युद्धको समस्या थियो, अर्को तर्फ डाइरेक्टरी सदस्यहरु अनुभवहीन, अयोग्य तथा भ्रष्ट थिए। अतः डाइरेक्टरीको शासन कालमा प्रकारको गडबडी फैलियो, व्यापार ठप्प भयो र [[विदेश नीति]] पनि कमजोर रह्यो। यस्तो स्थितिमा फ्रान्सको जनता एक यस्तो शासक (नेतृत्व)को आवश्यकता महसुस गएइरहेका थिए जो देशको आन्तरिक र बाह्य शान्ति र सन्तुलन मिलाउन सकोस् तथा विदेशी शक्तिलाई परास्त गर्न सकोस्।
 
यस कालमा नेपोलियनले सैन्य [[विजय]]द्वारा फ्रान्सको सम्मान प्रतिष्ठा स्थापित गरे र अन्ततः डाइरेक्टरी शासनको अन्त गरेर सत्तामा आफ्नो नियन्त्रण स्थापित गरे।{{sfn|McLynn|1997|p=219}}
 
=== चतुर्थ चरण ===