'''देङतेङ शियाओसियाओ पिङफिङ''' ({{भाषा-चिनियाँ|邓小平}}, २२ अगस्ट १९०४-१९ फेब्रुअरी १९९७) एक चिनियाँ [[क्रान्तिकारी]] र राजनेता थिए। उनले सन् १९७८ डिसेम्बर देखि सन् १९८९ नोभेम्बर सम्म जनवादी चीनको प्रमुख नीति निर्माताको रूपमा काम गरेका थिए। सन् १९७६ मा [[माओ त्से तुङ्]]को मृत्यु पछि चीनको सत्तामा तेङको [[जनवादी गणतन्त्र चीनका सर्वोच्च नेता|सर्वोच्च नेता]]को रूपमा उदय भएको थियो भने उनले आफ्नो देशलाई दूरगामी बजार-आर्थिक सुधारको शृङ्खलाको नेतृत्व गरेका थिए जसबाट उनलाई "अधुनिक चीनको निर्माता"को रूपमा चिनिन्छ।<ref>{{Cite news|last=Faison|first=Seth|date=1997-02-20|title=DENG XIAOPING IS DEAD AT 92; ARCHITECT OF MODERN CHINA|language=en-US|work=The New York Times|url=https://www.nytimes.com/1997/02/20/world/deng-xiaoping-is-dead-at-92-architect-of-modern-china.html|access-date=2021-04-19|issn=0362-4331}}</ref>