"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

सामान्य सुझाव
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ४५८:
# अनुदान लिइएको सहयोग समुदायको स्तर वृद्धिको लागि हुनेहुँदा अनुदान मार्फत सञ्चालन हुने कार्यक्रमको समीक्षा र आर्थिक प्रतिवेदन व्यक्तिगत मात्र नभई समुदाय स्तरीय हुन पर्नेमा जोड दिन चाहन्छु ।
# अनुदानीत कार्यक्रम सञ्चालन गर्दा कार्ययोजना र समयावधि परिवर्तन वा थप गर्नु परेमा सञ्चालन समिति द्वारा उचित कारण देखाई समुदायमा प्रस्तुत गरी यदि कार्यक्रम समयमै सम्पन्न गर्न थप सहयोग चाहिएमा समुदायमा आवहान गर्नु जरुरी देखिन्छ । अतिआवश्यक बाहेक व्यतिगत कारणले अनुदनित कार्यक्रमहरुमा ढिलासुस्ती हुन नदिन यस्ता नीतिले थप सहयोग गर्दछ । - [[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १७:४९, २९ जुन २०२१ (नेपाली समय)
 
;[[User:सरोज कुमार ढकाल|सरोज ढकाल]]द्वारा टिप्पणी
* संसारका विकीप्रेमीहरूको माया, सद्भाव र दानमा चलेको विकिमिडियाफाउन्डेसनका कार्यक्रमहरू पारदर्शी, प्रभावकारी र सहकार्यमा आधारित हुनु पर्ने कुरा न्यूनतम आवश्यकता हो।
# लक्षित विकिमिडिया समुदायलाई त्यस आयोजनाको आवश्यकता र विश्वसनीयता महसूश हुनुपर्छ।
# लक्षित विकिमिडिया समुदायलाई त्यस आयोजनाको बारेमा पूर्वजानकारी हुनुपर्छ समुदाय सहमत भए पछि मात्र अनुदान प्राप्त हुनुपर्छ।
# आयोजनाको प्रतिवेदन विकिमिडिया फाउन्डेसनको साथ साथै, समुदायमा पनि साझेदारी गरिनु पर्छ। विकिमिडिया मेटामा सार्वजनिक रूपमा नै राखिने भए पनि समुदायलाई पनि जानकारी सहित लिङ्क साझेदारी गर्नु पर्छ र समयमा नै गरिनु पर्छ।
# अनुदानको दुरुपयोग गर्ने व्यक्तिहरूलाई समुदायले जिम्मेवारीका स्थानमा विश्वास गर्नुहुँदैन। -[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०८:३०, १ जुलाई २०२१ (नेपाली समय)