"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
यसरी बैंकले सबप्राइम लोन बिक्री गरिरह्यो र इन्भेस्टमेन्ट बैंकले उक्त सबप्राइम लोनको सिडिओ बनाएर लगानीकर्ताहरूलाई बिक्री गरिरहे। सन् २००० देखी २००७ सम्म इन्भेस्टमेन्ट बैंकहरूले अरबौं अरबौं डलरको सिडिओ बेचेर अरबौं डलरको मुनाफा कमाइरहेका थिए । बैंक, इन्भेस्टमेन्ट बैंक को साथसाथै क्रेडिट रेटिङ एजेन्सी पनि निकै मुनाफा कमाइरहेका थिए । मुडिज ([[:en:Moody's|Moody's Investors Service]] ), एक अमेरिकी क्रेडिट रेटिङ एजेन्सी कम्पनी थियो, को मुनाफा २००० देखी २००७ को बिचमा ४ गुणाले बृद्धिक भएको थियो ।  बैंक, इन्भेस्टमेन्ट बैंक र क्रेडिट रेटिङ एजेन्सी को मिलिभगतको काम २००८ को सुरुवातसम्म यसरी नै चलिरह्यो ।
 
एआइ जी (AIG [[:en:American International Group|American International Group]] ) , विश्वको सबैभन्दा ठूलो बीमा कम्पनीले सिडिओको जोखिम बहन गर्न थाल्यो । बिमा नोक्सानबाट सुरक्षा पाउन गरिन्छ। एआइजीलाई लागेको थियो सिडिओलाई "एएए" रेटिङ प्रदान गरिएको छ । त्यसैले सिडिओ असफल हुने सम्भावना निकै कम छ । त्यसैले उसले सिडिओ मा बिमा सेवा प्रदान गर्न सुरु गर्‍यो । र त्यसको नाम क्रेडिट डिफल्ट स्वाप राखियो । सिडिओ लगानीकर्ता क्षतिबाट सुरक्षा पाउन सिडिएस को खरिद गर्न थाले । सिडिएस को विशेष कुरा यो थियो कि सिडिओ नभएको मनिसले पनि सिडिएस खरिद गर्न सक्थे । जसले सिडिएस खरिद गरेका थिए, उनीहरूले हरेक त्रैमासमा एआइजीलाई प् रिमियम रकम बुझाउनु पर्थ्यो । यदिक सिडिओ असफल भएमा फेल भएमा, त्यसको क्षति एआइजीले बहन गर्थ्यो । सिडिएस को बिक्री बापत एआइजीले आफ्नो कर्मा चारी तथा अभिकर्ताहरूलाई ठूला ठूला बोनस प्रदान गरिरहेको थियो । तर एआइजे ले "यदी सिडिओ फेल भयो भने कती क्षति बहन गर्नुपर्छ्" भन्ने कुरा सोचेन ।
 
== वित्तीय बजार मा प्रभाव ==