विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सुमन पोखरेल

सुमन पोखरेल सम्पादन गर्नुहोस्

कवि पोखरेल सन् २०१० मा नयाँ दिल्लीमा भएको सार्क साहित्य सम्मेलनमा आफ्नो रचना वाचन गर्दै

सुमन पोखरेल (जन्म सन् १९६७, सेप्टेम्बर २१) नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू विभिन्न भाषामा अनुवादित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् । सुमन पोखरेल एक महत्वपूर्ण दक्षिण एसियाली कविका रूपमा चिनिन्छन् । उनी सन् २०१३ तथा सन् २०१५ को सार्क साहित्य पुरस्कारद्वारा विभूषित भएका छन् । सो पुरस्कार दुई पटक प्राप्त गर्ने उनी एक मात्र कवि/लेखक हुन् । नेपालीका अतिरिक्त अङ्ग्रेजी, मैथिली, हिन्दी, उर्दू तथा बङ्गाली भाषाहरूमा पकड भएका पोखरेलले बहुभाषामा कलम चलाएका छन् । उनका नेपालीमा दुईवटा कवितासङ्ग्रह तथा एउटा गीतसङ्ग्रह प्रकाशित छन् । उनका गीतहरू विभिन्न गायकका एल्बममा समावेश भएका छन् । पोखरेलका अनुवाद तथा केही निबन्ध विविध सङ्कलनहरूमा समाविष्ट रहेका तथा विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन् । पोखरेलद्वारा लिखित नाटक नेपालबाहिर प्रदर्शित भइसकेको छ । उनी चित्रकारमा रूपमा पनि सक्रिय रहेका छन् । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८४३, अक्षर: ४३९, स्पेस: १३२
  • मुख्य सम्पादक: Neelatmg, ShrawanroyJiree
  • आवेदनकाे कारणहरू: प्रमुख लेखका लागि मापदण्ड पुरा गरेको र साहित्य क्षेत्रका महत्वपूर्ण व्यक्तित्व भएकोले
२०१८ मार्च १४, ०४:४०:५८ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । १४:४१, २८ फेब्रुअरी २०१८ (युटिसी(UTC))
समुदायको मतदानको आधारमा अप्रिल महिनाको लागि प्रमुख लेख निर्वाचित --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०३, २९ मार्च २०१८ (युटिसी(UTC))
  • आवेदनकर्ताकाे रूपमा समर्थन. Neela ०४:४०, २८ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  • समर्थनShrawanroy (कुरा गर्ने) ०४:५१, २८ फेब्रुअरी २०१८ (युटिसी(UTC))