विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/दार्जीलिङ्ग

दार्जीलिङ सम्पादन गर्नुहोस्

सन् १८८०को दार्जीलिङ

दार्जीलिङ भारतको पश्चिम बंगाल राज्यमा रहेको एउटा नगर हो । यो दार्जीलिङ जिल्लाको सदरमुकाम हो । यो नगर महाभारत पहाड भागमा अवस्थित छ । यहाँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ । दार्जीलिङ्ग शब्दको उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे (चट्याङ) र लिङ्ग (स्थान) बाट भएको हो । यसको अर्थ "चट्याङ स्थान" हो । भारतमा बेलायती शासनको बेला अनुकूल मौसमको कारणबाट यस ठाउँलाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स यहाँ ग्रीष्म मौसमको गर्मीबाट छुट्कारा पाउनको लागि यहाँ आउने गर्दथे ।

अन्तराष्ट्रिय स्तरमा दार्जीलिङ्ग चियाको लागि प्रसिद्ध छ । दार्जीलिङ दार्जीलिङ हिमालयन रेलवे एउटा युनेस्को विश्व सम्पदा स्थल तथा प्रसिद्ध स्थल हो । यहाँको चियाको खेती सन १८००को मध्यबाट शुरु भएको थियो । यहांको चिया उत्पादकहरूले कालो चिया र फर्मेन्टिंग प्रविधिको एक सम्मिश्रण तयार गरेका छन् जो विश्वको सर्वोत्कृष्टमा एक हो। दार्जीलिङ हिमालयन रेलवे जो दार्जीलिङ नगरलाई समथर स्थलसँग जोड्द छ , यसलाई विश्व सम्पदा स्थल १९९९ मा घोषित गरिएको थियो । यो वाफबाट सञ्चालन हुने यन्त्र भारतमा एकदमै कम देख्न पाइन्छ । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Bhawani Gautam
  • आवेदनकाे कारणहरू: नेपाल भाषी मुख्य पर्यटकिय स्थान भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने ०४:०६, २४ फेब्रुअरी २०१५ (युटिसी(UTC))

सम्पादकहरूको मतदानको आधारमा मार्च महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:०५, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

Learnerktm (कुरा गर्ने) ०७:४६, २४ फेब्रुअरी २०१५ (युटिसी(UTC))