विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/अल्लू अर्जुन

अल्लू अर्जुन सम्पादन गर्नुहोस्

जुन २०१५ मा अर्जुन

अल्लू अर्जुन (तेलगु: అల్లు అర్జున్; जन्म ८ अप्रिल १९८३) मुख्य रूपमा तेलुगु चलचित्रमा अभिनय गर्ने एक भारतीय चलचित्र अभिनेता हुन्। 'विजेता' चलचित्रमा बाल कलाकारको रूपमा र 'ड्याडी' चलचित्रमा नर्तकको रूपमा अभिनय गरेपछि, अर्जुनले 'गङ्गोत्री' चलचित्रमा मुख्य कलाकारको रूपमा चलचित्र क्षेत्रमा पर्दापण गरेका थिए।

त्यसपछि अर्जुन सुकुमारको पहिलो चलचित्र 'आर्या'मा देखा परेका थिए। आर्यामा उनको अभिनयले उनलाई सफलतातर्फ डोर्‍याउनुका साथै चलचित्र व्यावसायिक रूपमा सफल भएको थियो। यस चलचित्रमा दमदार अभिनयको कारणले उनलाई उनको पहिलो फिल्मफेयर सर्वश्रेष्ठ तेलुगु अभिनेता पुरस्कारको मनोनयन दिलाएको थियो भने उनले नन्दी पुरस्कार समारोहमा विशेष निर्णायक पुरस्कार, सर्वश्रेष्ठ अभिनेता र सर्वश्रेष्ठ अभिनेता निर्णायक पुरस्कार गरि दुई सिनेमा पुरस्कार प्राप्त गरेका थिए।

सन् २००५ मा उनले बन्नी, कलेज विद्यार्थीको भूमिकामा विवी विनायकको 'बन्नी' चलचित्रमा अभिनय गरेका थिए। यस चलचित्रमा उनको अभिनय शैली र नृत्यको समालोचकहरूले प्रशंसा गरेका थिए। उनको अर्को चलचित्र ए करुणाकरणको साङ्गीतिक प्रेम कहानी 'ह्याप्पी' थियो। त्यसपछि उनले पुरी जगन्नाधको एक्सन चलचित्र 'देसमुदुरु'मा अभिनय गरेका थिए, जसमा उनी एक निडर पत्रकारको भूमिकामा देखिएका थिए।

अर्जुनले पाँच फिल्मफेयर पुरस्कार दक्षिण र दुई नन्दी पुरस्कार जितेका छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १२२७, अक्षर: ६६८.५, स्पेस: १७२
  • मुख्य सम्पादक: Saroj Uprety
  • आवेदनकाे कारणहरू: दक्षिण भारतीय सिनेमाको स्टाइलिश स्टार
२१ जुलाई २०२० ०९:२१ नेपाली समय पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागि मतदानको लागि सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर - Saroj Uprety (कुरा गर्ने) १५:०६, १४ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रमुख लेखको लागि आवश्यक मापदण्डहरू पुरा गरेको हुनाले साउन पहिलो हप्ताको लागि प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ।- Saroj Uprety (कुरा गर्ने) ००:०३, २१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]