वामदेव गौतम ऋषिका जेठा पुत्र थिए । हिन्दू धर्मका सबै धार्मीक ग्रन्थहरू जस्तै :- वेद, पुराण, रामायण, महाभारत आदी प्रमुख ग्रन्थहरूमा गौतम ऋषि र उनकी पत्नी अहिल्याको बारेमा चर्चा गरिएको छ । विभिन्न धार्मिक ग्रन्थका अनुसार वामदेव अहिल्या पट्टिका छोरा थिएनन् । गौतम ऋषिकी अर्की पत्नीको बारेमा त्यती चर्चा भएको पाइन्न । केही धार्मिक ग्रन्थहरूका अनुसार महर्षि गौतमले वामदेवलाई मन्त्रद्वारा उत्पन्न गरेका थिए । यसैले कतिपय ठाउँमा गौतम ऋषिलाई मन्त्र द्रष्टा भनिएको छ ।

वामदेव शब्दको अर्थसम्पादन

वास्तवमा वामदेव शब्द आफैमा जटिल संरचना र अर्थका साथ बनेको छ । वामदेवको अर्थ बारे भारतीय इन्साइक्लोपीडियाले यस्तो भनेको छ ।[१]

"वामदेव भन्नाले सृष्टि सञ्चालनका लागि सृष्टि गरिएको भगवान शिवको पञ्चमुखी शिवलिङ्गका पाँच मुख मध्यको दायाँ तर्फको मुखलाई जनाउँदछ ।"

खासगरी शिवलिङ्गमा हुने पाँच मुख मध्य दाहिने तर्फको मुखले सद्भाव र कलात्मकतालाई जनाउँदछ । महर्षि गौतमले मन्त्रद्वारा शिवलिङ्गको त्यही पहिलो मुखलाई जागृत गराएर त्यसको नाम वामदेव राखेका थिए भनिएको छ । [१]

वामदेवका सन्ततीहरूसम्पादन

वामदेव पछि गएर महान् ऋषि बनेका थिए । वामदेव पट्टीबाटका सन्ततीहरू नै क्षेत्रीय गौतम गोत्री भएका छन् भनि देवी भागवतमा उल्लेख गरिएको छ ।[१] यस हिसाबले भन्ने हो भने ब्राह्मणबाट नखसेका पौराणिक कालदेखि नै क्षेत्रिय रुपमा चिनिदै आएका गौतम गोत्रीहरू नै गौतम गोत्रका मुल क्षेत्री हुन् । अर्थात क्षेत्रिय शब्दको सरुवात गौतम गोत्रमा सबैभन्दा पहिले महर्षि गौतमका छोरा वामदेवबाट नै भएको हो । पछी ब्राह्मण पुर्खाबाट खसेर खत्रीका रुपमा क्षेत्रिय भएका गौतम गोत्री क्षेत्रीय बाहेकका अरु सबै क्षेत्रीहरूका पुर्खा वामदेवका सन्तती हुन् । [१]

सन्दर्भ सूचीहरूसम्पादन

  1. १.० १.१ १.२ १.३ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण, लेखक- राजेश कुमार बटाला

यो पनि हेर्नुहोस्सम्पादन

बाह्य लिङ्कहरूसम्पादन

bharatdiscovery.org/india/वामदेव