वसन्त
(वसन्त ऋतुबाट अनुप्रेषित)
वसन्त ऋतु शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना चैत्र र बैसाख महिना बसन्त ऋतु भित्र पर्दछन । बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। बसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। बसन्त ऋतिमा जतात्यतै हरियाली हुन्छ। यो ऋतुलाई सबैले मन पराउँछ।त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।
तापक्रमको मौसम | |
---|---|
उत्तरी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २० मार्च – २१ जुन |
मौसमविज्ञान अनुसारको मौसम | १ मार्च – ३१ मे |
सौर्य (सेल्टिक) मौसम | १ फेब्रुअरी – ३० अप्रिल |
दक्षिणी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २२ सेप्टेमबर – २१ डिसेम्बर |
मौसमविज्ञान अनुसारको मौसम | १ सेप्टेमबर – ३० नोभेम्बर |
सौर्य (सेल्टिक) मौसम | १ अगस्ट – ३१ अक्टुबर |
ग्रीष्म वसन्त शरद शिशिर |
सन्दर्भ सूचीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा वसन्त सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।