लोहार वंश

कश्मीरको खस राजवंश

लोहार वंश कश्मीर को एक हिन्दु वंश थियो जसले ई.सा. १००३ देखि १३२० सम्म शासन गरेको थियो । पण्डित कल्हणको १२ औँ शताब्दीको पुस्तक राजतरङ्गिणीका अनुसार यो वंश खस जातिको थियो । यस वंशको १५० वर्ष को इतिहास राजतरङ्गिणीको लेखोटमा भर पर्दछ । कश्मीरी इतिहासकार जोनराज एवम् श्रीवरको लेखोटहरूले पछिल्ला समयकालको उल्लेख गर्दछ । यस वंशका पछिल्ला शासकहरू कमजोर एवम् आपसी द्वन्द मा फसेका थिए र उक्त कालखण्ड मा भ्रष्टाचार मौलाउँदा कश्मीर मुसलमान शासकहरूको (शाह मीर वंश) कब्जामा गयो ।[१]

लोहार वंश
१००३ ई.सा.–१३२० ई.सा.
राजधानीश्रीनगर
आम भाषाहरूसंस्कृत
धर्म
हिन्दू
बौद्ध
सरकारराजतन्त्र
सम्राट 
• १००३ – १०२८ ईश्वी
संग्रामराज
• १३०१ – १३२० ईश्वी
सुहदेव
ऐतिहासिक कालमध्यकाल
• स्थापित
१००३ ई.सा.
• विस्थापित
१३२० ई.सा.
पूर्ववर्ती
उत्तरवर्ती
उत्पाल वंश
शाह मीर वंश
अचेलअफगानिस्तान
भारत
पाकिस्तान
कश्मीरको लोहारवंशीय हर्ष (वा हर्षदेव)को (१०८९-११०१ CE) सिक्का

पृष्ठभूमि सम्पादन गर्नुहोस्

पण्डित कल्हणको राजतरङ्गिणीका अनुसार यस वंश खस जाति को थियो । यो वंश कश्मीर उपत्यका मा राज्य गर्नु अघि लोहार राज्यको शासक थियो । लोहार वंशको राजधानी लोहारकोट्टा नामक पहाडी किल्लामा थियो जुन ठाउँको अवस्थितिमा वर्तमानमा ठोसरूपमा एकमत छैन । आइरिस इतिहासकार सर मार्क औरल स्टाइन, जो कल्हणको राजतरङ्गिणीका ट्रान्सलेटर हुन्, उनले यो स्थान पीर पञ्जाल हिमश्रृंखलामा कश्मीर र पश्चिमी पञ्जाबको बीच स्थानमा पर्ने बताएका थिए । लोहार राज्य मा थुप्रै गाउँहरू थिए जसलाई एकीकृत रूपमा लोहरिन भनिन्छ र त्यस स्थानको उपत्यका र नदीको नाम पनि एउटै रहेको छ ।[२]

लोहारका खस राजा सिंहराज काबुलको हिन्दु शाही वंशका राजा भीमदेव शाहीका ज्वाइँ थिए । सिंहराजको काबुल शाहीकी राजकुमारीबाट दिद्दा नामक छोरीको जन्म भएको थिए । राजकुमारी दिद्दा अपाङ्ग थिइन् र पिताबाट तिरस्कृत थिइन् ।

उदय सम्पादन गर्नुहोस्

राजा सिंहराजकी छोरी राजकुमारी दिद्दाले कश्मीरको उत्पल वंशका राजा क्षेमगुप्तसंग विवाह गरेकी थिइन् । राजा क्षेमगुप्तको ई.सा. ९५८ मा मृत्यु भयो । राजा क्षेमगुप्त तथा रानी दिद्दाका छोरा अभिमन्यु द्वितीय नाबालक भएकोले दिद्दाले नायबी शासन चलाएकी थिइन् । ई.सा. ९७२ मा राजा अभिमन्यु द्वितीयको मृत्युपश्चात उनका ३ छोरा राजा नन्दीगुप्त, त्रिभुवनगुप्त र भीमगुप्तका लागि नायवी चलाइन् । ई.सा. ९८० मा दिद्दाले नाति राजा भीमगुप्तलाई मार्न लगाइ सार्वभौम शासक बनिन् । उनले दाइ वा भाइ राजकुमार उदयराजका छोरा तथा लोहारका राजा सिंहराजका नाति संग्रामराजलाई धर्मपुत्र तथा कश्मीरको उत्तराधिकारी राखिन् । यसरी दिद्दाले उत्पल वंशलाई पतन गराएर यस वंशको उत्पत्ति गराइन् । इ.सा. १००३ मा दिद्दाको मृत्यु पश्चात धर्मपुत्र राजकुमार संग्रामराज कश्मीरको लोहार वंशका संस्थापक राजा बन्न पुगे ।

शासन सम्पादन गर्नुहोस्

संग्रामराजलाई लोहार वंशको संस्थापक मानिएको छ ।[३]

शासकहरू सम्पादन गर्नुहोस्

प्रथम वंश सम्पादन गर्नुहोस्

कश्मीरको लोहार वंशका शासकहरू थिए:[४]

  • संग्रामराज (ई.सा.१००३ - ई.सा.१०२८)
  • हरिराज (ई.सा.१०२८) - २२ दिन
  • अनन्त (ई.सा.१०२८ - ई.सा.१०६३)
  • कलश (ई.सा.१०६३ - ई.सा.१०८९)
  • उत्कर्ष (ई.सा.१०८९) - २२ दिन
  • हर्ष (ई.सा.१०८९ - ई.सा.११०१)

दोस्रो वंश सम्पादन गर्नुहोस्

Ruler[४] Notes
Uchchala Made his brother Sussala the ruler of Lohara. Murdered by Radda.
Radda (Shankharaja) Usurped the throne, claiming to be a descendant of Yashaskara
Salhana Uchchala's step-brother; became the king after Radda's death. The real power lay in the hands of a noble named Gargachandra. Salhana was deposed and imprisoned.
Sussala Uchchala's brother; ascended throne with Gargachandra's support
Bhikshachara Harsha's grandson, who had escaped Uchchala's revolt. Brought up by Naravarman, the king of Malava. Deposed Sussala.
Sussala (2nd reign) Within 6 months of Bhikshachara's ascension, Sussala recovered his capital, leading to a civil war
Jayasimha (Sinha-deva) Sussala's son. In the early years of his reign, the actual power was held by Sussala. Kalhana's account closes in the 22nd year of his reign.

स्रोत सम्पादन गर्नुहोस्

  1. Hasan (1959), pp. 29-32.
  2. Stein (1900), Vol. 2, pp. 293-294.
  3. India - Early History, Publications Division Ministry of Information & Broadcasting, 2016 p.63
  4. ४.० ४.१ Stein 1979, पृष्ठ. 133-138.

पुस्तक सम्पादन गर्नुहोस्