लोब्रेकुटी नेपालको मेची अञ्चल, पाँचथर जिल्लाको चोकमागु गाविसमा अवस्थित एक पर्यटकीय क्षेत्र हो। लेकाली हावापानीको सुन्दर समिश्रण रहेको लोब्रेकुटी विभिन्न जातका सल्लाका रुखले भरिएको छ। लोब्रेकुटीबाट पाँचथर जिल्ला र जिल्ला बाहिरका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ। त्यसैगरी लोब्रेकुटी महागुरु फाल्गुनन्दले ध्यान गरेकाले त्यहाँ गोस्वारी मन्दिर निर्माण गरिएको छ। किरात धर्मावलम्बीहरूले अस्थाका साथ पूजा अर्चना गर्ने यस ठाउँको अवलोकन गर्न भारतबाटसमेत पर्यटक आउने गरेका छन्।

लोब्रेकुटी
लोब्रेकुटीको एक दृष्य
लोब्रेकुटीको एक दृष्य
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लापाँचथर जिल्ला
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)
लोब्रेकुटीबाट देखिएको मनोरम् दृष्य

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्