लोकबाजा
नेपाल प्रशस्त बाजाहरू भएको स्थान हो । सृष्टिको प्रारम्भदेखि नै मनोरञ्जनका साथै समयसँग विभिन्न तालवाद्य यन्त्रको आविष्कार गरेर मानिसले सफलता प्राप्त गर्दै आएको देखिन्छ । मादल, सारङ्गी, टुङ्ना, डम्फुजस्ता ठेट नेपाली बाजाहरूले नेपाल र नेपाली संस्कृतिको अस्तित्व राखेका छन् र जातीयता चिनाएका छन् । नेपाली लोकबाजामा नेपाली ढुकढुकी बोलेको छ । लोकबाजाले राष्ट्रिय पहिचान पनि गराएका छन् । नेपाली लोकबाजाहरू कुनै फुकेर बजाइन्छन् भने कुनै रेटेर बजाइन्छन् । त्यसैगरी कुनै ठटाएर बजाइन्छन् भने कुनै पिटेर बजाइन्छन् । [१]
नेपालमा अहिलेसम्म १५६ वटा लोकबजाहरु पत्ता लगाइएको छ। ती नेपालको लोकबाजा सङ्ह्रालायमा राखिएको छ। यो सङ्ह्रालय काठमाडौंको त्रिपुरेश्रवरमा रहेको छ।
रक्षा, जगेर्ना र प्रवद्र्धन कसरी गर्ने
सम्पादन गर्नुहोस्लोकबाजाको रक्षा, जगेर्ना र प्रवद्र्धनका लागि समाजकै सचेत समूहले अगुवाई गर्नु आवश्यक छ । नागरिक समाज, राजनीतिक समूह, सामाजिक सङ्घ, संस्थाले नेपाली समाजको मौलिकतालाई स्थापित गरी राख्नतर्फ ध्यान दिनुपर्छ । लोकबाजा र लोकभाकाको संरक्षणका लागि दीर्घकालिन योजना बनाउने, नागरिकलाई मौलिक बाजाका बारेमा सचेत गराउनेतर्फ आवश्यक सचेतनामूलक कार्यक्रम पनि गर्नु जरुरी छ ।
आधुनिक प्रविधिको विकासले लोकबाजाको अभ्यासलाई केही सरल बनाए जस्तो देखिए पनि लोकबाजा गाउने र बजाउने अभ्यास बिना आधुनिक प्रविधिले पनि स्रोत पाउन सक्दैन । यसर्थ आधुनिक माध्यमको प्रयोग गरिरहँदा धरालतको रूपमा रहेको लोकबाजा बजाउनुपर्ने कामलाई जीवन्तताका लागि सबै क्षेत्रले गम्भीर भएर ध्यान दिनु जरुरी छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तिवारी (लोहनी), शोभा (२०६०), लोकसङ्गीतार्पण, ललितपुर : साझा प्रकाशन