लंका (हालको श्रीलङ्का , लंकापुरी हिन्दु धर्म को ग्रन्थ रामायणमा उल्लेख गरिएका पात्र राजा रावणको राज्य हो ।

रावणको स्वर्ण दरवार

यो टापु त्रिकुट पर्वत भनेर चिनिने तीन पर्वतहरू बीचको पठारमा अवस्थित थियो। रामायणको अनुसार, जब रावणले श्री हनुमान जी लाई दण्ड दिनको लागि उनको पुच्छरमा कपडा बाँधेर तेलमा भिँजाएर आगो लगाएका थिए। तब हनुमानले पुरै लंका मा आगो लगाएका थिए। यसको राजा रावणलाई रावणका भाइ विभीषणको सहयोगमा रामले मारेका थिए,पछि लंकाको राजाको पदमा विभीषणको राज्याभिषेक भयो। आजको श्रीलंका नै पौराणिक लंका मानिन्छ। पाण्डवको समयमा रावण को वंशजले नै लंकामा राज्य गरिरहेका थिए। महाभारतका अनुसार पाण्डव सहदेवले युधिष्ठिरको राजसूय यज्ञको लागि आफ्नो दक्षिणी सैन्य अभियानको क्रममा यस राज्यको भ्रमण गरेका थिए।