रुक्शना कपाली
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
रुक्शना कपाली, (उपनाम: मिँच्याः मय्जु, पूर्वनामहरू : मिँजला, मतिना) एक पारलैङ्गिक महिला अधिकारकर्मी तथा लेखक हुन् ।[३] [४] [१] [२] [५] [६] उनी सन् २०१८मा बीरगंज टेड वक्ता पनि थिइन् । [७] सन् २०१८मा उनले महिलाहरूको एकल यात्रा चुनती पनि जितेकी थिइन् । यस चुनौतीमा भाग लिने महिलाहरू मध्ये उनी पहिलो पारलैङ्गिक महिला हुन् । [८] [९]
रुक्शना कपाली | |
---|---|
जन्म | नेसं १११९/०६/१६ [१] पाटन, नेपाल | ४ मार्च १९९९ ,
मातृ शिक्षाप्रतिष्ठान | योर्क विश्वविद्यालय [२] |
प्रकाशन
सम्पादन गर्नुहोस्नेपाली
सम्पादन गर्नुहोस्- स्थानीय तहमा नेपालभाषा सम्बन्धी सूचनाको हकद्वारा प्राप्त सूचनाको संगालो, सन् २०२१ आइएसबिएन ९७८-९९३७-०-९८१६-८ [१०]
- लैङ्गिक पहिचान सम्बन्धी मस्यौदा विधेयक, २०७८ : नागरिक समाजको प्रस्ताव , सन् २०२१ (सह-लिखित) आइएसबिएन ९७८-९९३७-०-९५९२-१ [११]
- लैङ्गिक पहिचानको अधिकार सम्बन्धी सन् २०२० का मागपत्रहरू, सन् २०२१ (सम्पादकीय) आइएसबिएन ९७८-९९३७-०-८९१२-३ [१२]
- यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा,सन् २०२१ (सम्पादकीय) आइएसबिएन ९७८-९९३७-०-८४६९-७ [१३]
- यौनिकता र लैङ्गिकताको शब्दकोष, सन् २०१९ आइएसबिएन ९७८-९९३७-०-६४८३-५ [१४][१५]
- क्वयेर तथा महिलावादी शब्दकोष, सन् २०१९ आइएसबिएन ९७८-९९३७-०-६९३५-९ [१६][१७]
अङ्ग्रेजी
सम्पादन गर्नुहोस्- नेपाल भासा रोमन ट्रान्सलिटरेशन (नेपाल भाषा रोमन लिप्यान्तरण), सन् २०२१ आइएसबिएन ९७८-९९३७-१-१०४०-२ [१८]
- एन एनालाइसिस अफ जेण्डर आइडेन्टिटि लज् इन नेपाल (नेपालमा लैङ्गिक पहिचान कानूनहरूको विश्लेषण), सन् २०२१ [१९]
नेपाल भाषा
सम्पादन गर्नुहोस्- यचा क्वसाः, जाः म्हसीका व यचिं तजिसु नापं स्वापू दूगु खँग्वःत (यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता सँग सम्बन्ध रहेका शब्दहरू), सन् २०२१ आइएसबिएन ९७८-९९३७-०-९३८३-५ [२०]
- पीदँया भ्वल्वय् व खँग्वःत (४० सालको महामारी र शब्दहरू), सन् २०२१ आइएसबिएन ९७८-९९३७-०-९३८२-८ [२१]
- नेपालभासय् जाः व यसु सम्बन्धि खँग्वः मुना (नेपाल भाषामा लैङ्गिकता र यौनिकता सम्बन्धी शब्दवाली संग्रह), सन् २०१८ (नेसं ११३८ ज्यापुन्हि) [२२] [२३] [२४]
बहुभाषिक
सम्पादन गर्नुहोस्- लैङ्गिक पहिचानको अधिकार : कानुनी व्यवस्था र प्रभाव, सन् २०२१ - नेपाली तथा अङ्ग्रेजी, नेशनल डेमोक्राटिक इन्स्टिच्यूट (एनडिआइ) को नीति समीक्षा जर्नलको तेस्रो संस्करणमा प्रकाशित [२५]
- गृह मन्त्रालयको अन्यलिङ्गी निर्देशिका: मानव अधिकारको हनन, सन् २०२१ - नेपाली तथा अङ्ग्रेजी, आइएसबिएन ९७८-९९३७-०-८९१३-५ [२६]
- लैङ्गिकता र यौनिकता सम्बन्धी त्रैभाषिक शब्द सङ्ग्रह, सन् २०१९ - नेपाल भाषा, नेपाली तथा अङ्ग्रेजी, आइएसबिएन ९७८-९९३७-०-६२८८-६ [२७] [२८]
सम्मान
सम्पादन गर्नुहोस्उपलब्धी
सम्पादन गर्नुहोस्- रानी पोखरी मौलिक शैलीमा पुनःनिर्माण अभियान [३५] [३६]
पहिलो
सम्पादन गर्नुहोस्विश्वविद्यालय प्रकरण
सम्पादन गर्नुहोस्सन् २०१८ मा उनलाई त्रिभुवन विश्वविद्यालयले पारलैङ्गिक महिला भएका कारणले रजिष्ट्रेशन दिनबाट इन्कार गरेका थिए । सामाजिक संजालमा #TransExclusionistTU ह्यासट्याग आन्दोलन पनि भएको थियो । हाल सम्म पनि उनले रजिष्ट्रेशन पाउन सकेकी छैनन् । [४२] [४३] [४४] [४५] [४६][४७]
त्यसै गरी सन् २०२२ मा उनलाई फेरी पूर्वाञ्चल विश्वविद्यालयले रजिष्ट्रेशनका साथै परीक्षा प्रवेश पत्रबाट पनि इन्कार गरेका थिए । ५ वर्षे बिएएलएलबि प्रथम वर्ष अध्ययनरत उनलाई परीक्षाको मुखैमा प्रवेश पत्रबाट इन्कार गरिएको थियो ।[४८][४९] विश्वविद्यालयले परीक्षाबाट वञ्चित गराउने भएपछी सामाजिक संजालमा #JusticeForTransPeople ह्यासट्याग आन्दोलन ट्रेन्डिङ भएको थियो । व्यापक दबाब पश्चात् रजिष्ट्रेशन नम्बर बिनाको परीक्षा प्रवेश पत्र दिइएको थियो । [५०][५१] क्वयेर युथ ग्रुपको वक्तव्यका अनुसार रुक्शनाको एसएलसी प्रमाणपत्र लैङ्गिक पहिचान अनुसार संशोधन हुन नसक्दा र एसएलसी प्रमाणपत्र संशोधन गर्ने कुनै कानूनी व्यवस्था नभएका कारण यो समस्या निम्तेको उल्लेख छ ।[५२]
रिट निवेदन
सम्पादन गर्नुहोस्सन् २०२० देखि उनले नेपालको सर्वोच्च अदालतमा ७ वटा रिट निवेदन दिएकी छिन् । रिट निवेदनका विषयवस्तु सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धी छन् ।[५३]
- रुक्शना कपाली र इशान रेग्मी समेत वि. नेपाल सरकार समेत (रिट नं :- ०७७-WO-०६९५) : यस रिट निवेदनमा ७७ जिल्ला प्रशासन कार्यालय लगायत संघीय मन्त्रालय, नेपाल सरकार तथा संघीय संसदलाई विपक्षी बनाइएको छ । प्रमाणपत्र तथा परिचयत्रहरू सम्बन्धी जारी भएका ऐन, नियमावली तथा कार्यविधीले लैङ्गिक पहिचान कायम गर्न नाम तथा लैङ्गिक विवरण संशोधन गर्न मिल्ने प्रावधान नरहेको हुनाले ती कानून संशोधन गरी त्यस्ता कानूनी प्रावधान समावेश गर्न परमादेश लगायतका मागहरू गरिएका छन् ।[५४] वि.सं. २०७७ माघ २५ गते कारण देखाउ आदेश जारी गरिएको थियो ।[५५]
- रुक्शना कपाली वि. नेपाल सरकार समेत (रिट नं :- ०७७-WO-०९७३) : यस रिट निवेदनमा उनले आफ्नो जन्म दर्ता, नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमानपत्र लगायत सबै कागजातहरूमा नाम "रुक्शना" र लैङ्गिक विवरण "महिला" कायम हुनुपर्ने दाबि गरेकी छिन् । उनलाई कानूनको अभाव भनि कुनै कागजातमा पुरुष, कुनै कागजातमा अन्य, कुनै कागजातमा तेस्रोलिङ्गी र कुनै कागजातमा महिला उल्लेख गरिएको कारणले व्यक्तिगत कागजातमा एकरूपता नभएको र मौलिक हकको उपभोगमा वञ्चितिकरण भएको दाबि सहित पारलैङ्गिक व्यक्तिहरूले लैङ्गिक पहिचान अनुसार परिचयपत्र तथा प्रमाणपत्रहरू संशोधन गर्न कानून बाधक भएमा त्यस्ता कानून संशोधन गरी व्यवस्था मिलाउनुपर्ने दाबि गरेकी छिन् ।[५६] प्रारम्भिक सुनुवाई अगावै वि.सं. २०७७ चैत २० गते रिट निवेदनमा आफूले त्रिभुवन विश्वविद्यालयमा रजिष्ट्रेशन पाउनुपर्ने परमादेश माग गर्न चाहेको तर त्रुटीवश् अन्तरिम आदेश उल्लेख भएको भनि संशोधन निवेदन दर्ता गरेकी थिइन् । [५७] तर वि.सं. २०७७ चैत २३ गतेको एकल इजलाशद्वारा संशोधन निवेदन अस्वीकार गरिएको थियो ।[५८] वि.सं. २०७७ चैत ३१ गते कारण देखाउ आदेश तथा अन्तरिम आदेशको छलफलका लागि विपक्षी बोलाउन आदेश गारी भएको थियो ।[५९] वि.सं. २०७८ भाद्र २१ गते को संयुक्त इजलासले अन्तरिम आदेश अस्वीकार गरी रिट निवेदनलाई पूर्ण सुनुवाईका लागि पेश गर्न र अग्राधिकार प्रदान गरेको भनि आदेश गरिएको थियो ।[६०]
- रुक्शना कपाली र इशान रेग्मी समेत वि. केन्द्रिय तथ्यांक विभाग समेत (रिट नं :- ०७७-WO-१२४३) : यस रिट निवेदनमा जनगणनामा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको तथ्याङ्क संकलन सही ढङ्गले नभएको, "अन्यलिङ्गी"को त्रुटीपूर्ण परिभाषा भएको, यौन अभिमुखिकरण र यौन विशेषतालाई पनि लैङ्गिक पहिचान भनि परिभाषित गरेको तथा महिला र पुरुष भनि पहिचान गर्ने समूहलाई पनि अन्यलिङ्गी अन्तर्गत परिभाषित गरिएको हुनाले सही परिभाषा अवलम्बन गर्नुपर्ने र यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको सही पद्धति तथा विधिले तथ्याङ्क संकलन हुनुपर्ने दाबि गरेकी छिन् ।[६१][६२] वि.सं. २०७८ असार २५ गते सर्वोच्च अदालतले विपक्षीहरूको नाउँमा कारण देखाउ आदेश जारी गरेका थिए ।[६३] तथापि मुद्दाको टुङ्गो लाग्न अगावै जनगणना सम्पन्न भएको थियो ।
- रुक्शना कपाली वि. निर्वाचन आयोग समेत रिट नं :- ०७७-WO-१२४४ : यस रिट निवेदनमा निर्वाचन आयोगद्वारा मतदाता परिचयपत्रमा निवेदकको नागरिकतामै उल्लेख नभएको "तेस्रोलैङ्गिक" शब्द उल्लेख गरिएको र मतदाताहरूको वैयक्तिक विवरणलाई आफ्नो वेबसाइटमा सार्वजनिक गरिएको हुनाले गोपनीयता हनन भएको र उक्त विवरणहरू हटाउनुपर्ने तथा आफ्नो मतदाता परिचयपत्रमा "महिला" उल्लेख हुनुपर्ने दाबि गरेकी छिन् ।[६४] वि.सं. २०७८ असार २५ गते सर्वोच्च अदालतले विपक्षीहरूको नाउँमा कारण देखाउ आदेश जारी गरेका छन् ।[६५] वि.सं. २०७८ साउन ५ गते गृह मन्त्रालयले उक्त कार्यालयलाई विपक्षी बनाउने कुनै आधार नरहेकाले रिट निवेदन खारेज गरिपाऊँ भनि लिखित जवाफ पेश गरेका थिए । वि.सं. २०७८ साउन १० गते निर्वाचन आयोग र वि.सं. २०७८ साउन १२ गते जिल्ला निर्वाचन कार्यालय, ललितपुरबाट लिखित जवाफ पठाएका थिए जसमा निर्वाचन आयोगको सफ्टवेयरमा समस्या भएकाले निवेदकको मतदाता परिचयपत्रमा "तेस्रोलिङ्गी" उल्लेख हुन गएको, सफ्टवेयर संशोधनका क्रममा रहेकाले निवेदकले अन्यथा भन्न नमिल्ने र मतदाता परिचयपत्र सार्वजनिक गर्ने कानूनी आधार रहेको हुनाले रिट निवेदन खारेज गरिपाऊँ भनि उल्लेख गरेका थिए ।[६६]
- रुक्शना कपाली समेत वि. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समेत (रिट नं :- ०७८-WO-०३७५) : यस रिट निवेदनमा पूर्वाञ्चल विश्वविद्यालय तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कानून संकायमा समयौनिकतालाई 'अप्राकृतिक मैथुन' भनि अध्ययन अध्यापन गराएको हुनाले समयौनिक व्यक्तिहरू प्रति विभेद भएको, सम्मानपूर्वक बाँच्न पाउने हक हनन भएको र विज्ञानले प्राकृतिक ठहर गरिसकेको विषयलाई अप्राकृतिक भनि उल्लेख गरिएकोलाई बदर गर्नुपर्ने र कानूनको अध्यापनमा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषतालाई सम्मानपूर्वक उल्लेख गर्नुपर्ने दाबि गरेकी छिन् ।[६७] वि.सं. २०७८ असोज १५ गते सर्वोच्च अदालतले विपक्षीहरूको नाउँमा कारण देखाउ आदेश जारी गरेका थिए ।[६८]
- क्वयेर युथ ग्रुपद्वारा अख्तियार प्राप्त रुक्शना कपाली वि. गृह मन्त्रालय समेत (रिट नं :- ०७८-WO-०६१३) : यस रिट निवेदनमा नेपाली नागरिकतामा लैङ्गिक पहिचान कायम हुने गरी संशोधन गर्न नेपालको मन्त्रीपरिषदद्वारा लिङ्ग परिवर्तन शल्यक्रिया गर्नुपर्ने स्वेच्छाचारी निर्णय भएको कारण उक्त निर्णयलाई बदर गरी आत्मनिर्णयको अधिकार स्थापित हुनुपर्ने दाबि गरेकी छिन् ।[६९] वि.सं. २०७८ पुस ६ गते सर्वोच्च अदालतले विपक्षीहरूको नाउँमा कारण देखाउ आदेश जारी गरेका थिए ।[७०]
- क्वयेर युथ ग्रुपद्वारा अख्तियार प्राप्त रुक्शना कपाली वि. गृह मन्त्रालय समेत (रिट नं :- ०७८-WO-०६१४) : यस रिट निवेदनमा नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १,२, ७ र ८ बमोजिम "लिङ्ग" उल्लेख गरी नागरिकता दिने गरेकोले लैङ्गिक पहिचानको हक हनन भएको र "लिङ्ग"को महलका सट्टा "लैङ्गिकता"को महल हुनुपर्ने दाबि गरेकी छिन् । [७१]वि.सं. २०७८ पुस ६ गते सर्वोच्च अदालतले विपक्षीहरूको नाउँमा कारण देखाउ आदेश जारी गरेका थिए ।[७२]
हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "व्यक्तिगत ब्लगबाट खिचिएको सूचना"।
- ↑ २.० २.१ "Rukshana Kapali", University of York, २०१९, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "STEPPING UP : With Rukshana Kapali", २०१७, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "WOW WOMEN 2018 – Rukshana Kapali", २०१८, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण ६ जनवरी २०१९ मिति
- ↑ "Rukshana Kapali", UN Women, Asia and the Pacific, २०१९, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "Rukshana Kapali", Where Love is Illegal। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-०९ मिति
- ↑ "Rukshana Kapali", TED (औपचारिक वेबसाइट), २०१८, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "Alumni - 2018 grantees", Nepali Travellers, २०१८, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण ९ नोभेम्बर २०२० मिति
- ↑ "Nepali Travellers To Release Videos Series Of 14 Solo Woman Travellers", Nepali Traveller, २०१९, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "स्थानीय तहमा नेपालभाषा सम्बन्धी सूचनाको हकद्वारा प्राप्त सूचनाको संगालो (व्यक्तिगत अभिलेखको उतार)"।
- ↑ "लैङ्गिक पहिचान सम्बन्धी मस्यौदा विधेयक, २०७८ : नागरिक समाजको प्रस्ताव"।
- ↑ {{cite web |url= https://nepalcfc.org/wp-content/uploads/DemandSheetBook_Ecopy.pdf%7C title=लैङ्गिक पहिचानको अधिकार सम्बन्धी सन् २०२० का मागपत्रहरू}
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा"।
- ↑ "यौनिकता र लैङ्गिकताको शब्दकोष"।
- ↑ "यौनिकता र लैङ्गिकताको शब्दकोष"।[स्थायी मृत कडी]
- ↑ "क्वयेर तथा महिलावादी शब्दकोष"।
- ↑ "क्वयेर तथा महिलावादी शब्दकोष"।[स्थायी मृत कडी]
- ↑ "Nepala Bhasa Roman Transliteration (NBRT)"।
- ↑ "An analysis of gender identity laws in Nepal"।
- ↑ "𑐫𑐔𑐵 𑐎𑑂𑐰𑐳𑐵𑑅, 𑐖𑐵𑑅 𑐴𑑂𑐩𑐳𑐷𑐎𑐵 𑐰 𑐫𑐔𑐶𑑄 𑐟𑐖𑐶𑐳𑐸 𑐣𑐵𑐥𑑄 𑐳𑑂𑐰𑐵𑐥𑐹 𑐡𑐹𑐐𑐸 𑐏𑑃𑐐𑑂𑐰𑑅𑐟"।
- ↑ "𑐥𑐷𑐡𑑃𑐫𑐵 𑐨𑑂𑐰𑐮𑑂𑐰𑐫𑑂 𑐰 𑐏𑑃𑐐𑑂𑐰𑑅𑐟"।
- ↑ "नेपालभासय् जाः व यसु सम्बधि खँग्वः मुना, A compilation of Gender & Sexuality terminologies in Nepal Bhasa"।
- ↑ "Gender and Sexuality terms in Nepal Bhasa"। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-०६ मिति
- ↑ "LGBTI word-book in Nepal Bhasa published"।
- ↑ "लैङ्गिक पहिचानको अधिकार : कानुनी व्यवस्था र प्रभाव"।
- ↑ "गृह मन्त्रालयको अन्यलिङ्गी निर्देशिका: मानव अधिकारको हनन"।
- ↑ "लैङ्गिकता र यौनिकता सम्बन्धी त्रैभासिक शब्द संग्रह"।
- ↑ "A trilingual collection of gender and sexuality terms"। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-०६ मिति
- ↑ "National Volunteering Award 2020", UNV Nepal, २०२०, मूलबाट २२ डिसेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "6 LGBTQ+ young activists you should know about", UN Girls' Education Initiative, २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "Nepali transgender woman among those recognised for seeking rights for safe, quality education", हिमालयन टाइम्स, २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "UNGEI Tweet", २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "Rukshana Kapali, a Nepali transgender woman activist, recognized for transforming education for LGBTQ+ learners", २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "Youth Change Makers 2018", United Nations Youth and Student Association of Nepal-UNYSAN, २०१८, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "रानीपोखरी जोगाउने जाँगरिलाहरू", सेतोपाटी, २०१८, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "रानीपोखरी जोगाउने लडाकूहरू", सेतोपाटी, २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "The reality of transgender rights in Nepal", ड रेकर्ड, २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित। On the same day (International Day against Queerphobia), Rukshana Kapali, a trans rights activist, renounced her citizenship/identity card, which identified her as an Others gender, and applied for an amendment to reflect her gender marker as Female—taking the first tangible action to challenge the forced third gender law.
- ↑ "A group of activists strives to end forced imposition of the third gender label", The Kathmandu Post, २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "Transgender people face discrimination in Asia, Pacific", Bangladesh Post, २०२०, मूलबाट २७ डिसेम्बर २०२०-मा सङ्ग्रहित। Rukhshana Kapali, a rights activist and the first trans-woman in Nepal to apply for legal documentation as 'female', said transgender people cannot easily access education as their cisgender peers.
- ↑ "Denouncing citizenship certificate that forced ‘others’ gender label", व्यक्तिगत ब्लगबाट खिचिएको सूचना।
- ↑ "Rukshana Kapali complaint at National Human Rights Commission (1140)", 𑐩𑐶𑑃𑐔𑑂𑐫𑐵𑑅 𑐩𑐫𑑂𑐖𑐸। अन्यलिङ्गीको नागरिकता प्रदान गरिएकोमा महिला उल्लेख गरी सच्याउने विषय लगायतमा राष्ट्रिय मानव अधिकार आयोगमा लैङ्गिक पहिचान लगायतका मानव अधिकारहरू हनन भएको उजुरी
- ↑ "How a transgender student is fighting for her right to education", अनलाइन खबर, २०१९, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "My struggle for Gender Equality: Rukshana Kapali", SheIsTheStory, २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित। I am not studying now. Two years ago, I went to Tribhuvan University affiliated college to get admission in a Bachelor’s program. Tribhuvan University didn’t admit me because they didn’t recognize my gender identity. My school certificates have me listed as ‘Male’ and address me with my deadname. My citizenship addressed me by the name I want, but lists me as ‘Others’. With lack of any proper legislation, I have nothing I can do.
- ↑ "Some basic rights still a struggle for LGBTI in Nepal", The Republica, २०१९, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "The erasure of transwomen", The Kathmandu Post, २०१९, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "LGBT community marks Pride Month with hope and fear", Annapurna Express, २०१९, मूलबाट २ डिसेम्बर २०२०-मा सङ्ग्रहित। Activist Rukshana Kapali, a transgender woman, was denied admission into Tribhuvan University for her Masters’ degree. Kapali had different names in her School Leaving Certificate and +2 certificates, which were prepared before and after her coming out respectively. Shortly, the hashtag ‘#TransExclusionistTU’ was trending on Twitter.
- ↑ "पारलैंगिक विद्यार्थी चिन्दैन त्रिभुवन विश्वविद्यालय", नयाँ पत्रिका, २०२१, मूलबाट १९ Feb २०२१-मा सङ्ग्रहित।
- ↑ "Purbanchal University comes under fire for denying registration and admit card to a student identifying as a trans woman", नेपाल लाइभ टुडे, २०२२, मूलबाट २५ Jan २०२२-मा सङ्ग्रहित।
- ↑ "#JusticeForTransPeopleinNepal", ट्विटर, २०२२, मूलबाट २५ Jan २०२२-मा सङ्ग्रहित।
- ↑ "Rukshana Kapali Gets Her PU Admit Card After #JusticeForTransPeopleinNepal Trends On Twitter", येतियाप, २०२२, मूलबाट २५ Jan २०२२-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २५ जनवरी २०२२ मिति
- ↑ "रुक्शनाको प्रवेशपत्रजस्तो आयुषमानको नयाँ फिल्म", शिलापत्र, २०२२, मूलबाट २५ Jan २०२२-मा सङ्ग्रहित।
- ↑ "नेपाल सरकार, नेपालका सबै विश्वविद्यालय तथा सम्बन्धित सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण गराएको", क्वयेर युथ ग्रुप, २०२२, मूलबाट २५ Jan २०२२-मा सङ्ग्रहित।
- ↑ "रिट निवेदनहरू", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "रिट नं :- ०७७-WO-०६९५ को रिट निवेदन", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७७-WO-०६९५ को कारण देखाउ आदेश", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७७-WO-०९७३ को रिट निवेदन", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७७-FN-०५०९ (०७७-WO-०९७३)", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७७-FN-०५०९ को आदेश", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७७-WO-०९७३ को कारण देखाउ आदेश", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७७-WO-०९७३ को पूर्ण सुनुवाईका लागि आदेश", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७७-WO-१२४३ को रिट निवेदन", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "Nepal introduces ‘others’ gender category in latest census", अल्जाजीरा।Rukshana Kapali, a transgender woman and activist, who has filed a Supreme Court writ against the methodology, said the census was “problematic” and “cannot capture the real data of the LGBTQ community in Nepal”.
- ↑ "०७७-WO-१२४३ को कारण देखाउ आदेश", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७७-WO-१२४४ को रिट निवेदन", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७७-WO-१२४४ को कारण देखाउ आदेश", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७७-WO-१२४४ मा लिखित जवाफ", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७८-WO-०३७५ को रिट निवेदन", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७८-WO-०३७५ को कारण देखाउ आदेश", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७८-WO-०६१३ को रिट निवेदन", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७८-WO-०६१३ को कारण देखाउ आदेश", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७८-WO-०६१४ को रिट निवेदन", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "०७८-WO-०६१४ को कारण देखाउ आदेश", अन्तिम पहुँच २४ डिसेम्बर २०२१।