रीता गुरुङ (जन्म: ) तिलगंगा आँखा अस्पतालको आँखा रोग चिकित्सक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनी १४ अप्रिल २०१३ मा अस्पतालको प्रमखु कार्यकारी अधिकृत नियुक्त भएकी थिइन् । यसअघि अस्पतालको प्रमुख कार्यकारीमा ख्यातीप्राप्त आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत प्रमुख थिए । गुरुङ एक्काइस वर्षदेखि (सन् १९९५) देखि अस्पतालमा सेवारत छिन्। प्रमुख कार्यकारी हुनुअघि पनि डा. रीता गुरुङले १३ वर्षसम्म अस्पतालको विभिन्न प्रशासकीय र कार्यकारी पदमा थिइन् । [१]

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

पारिवारिक पृष्ठभूमी सम्पादन गर्नुहोस्

रीता गुरुङको जन्म २०१३ सालमा भारतको कलकत्तामा भएको हो। आमा आशादेवी गुरुङ र भारतिय सेनामा कार्यरत बुवा दानबहादुर गुरुङको उनी दोस्रो सन्तान हुन्। कास्की घान्द्रुक पुर्ख्यौंली घर भएका दानबहादुर नागाल्यान्ड खटिएको बेला परिवारका अरु सदस्यको बसाइँ कलकत्तामा थियो। उनकी जेठी दिदी सीताको जन्म पनि भारतमै भयो। रीता ६ महिनाको हुँदा दानबहादुर प्रशिक्षक (गुरु)का रूपमा नेपाल आर्मी स्कुल छाउनीमा आए। त्यसको अर्को वर्ष कान्छी बहिनी जन्मिइन्-गीता। गुरुङ परिवार २०१६ सालमा पुर्ख्यौंली थलो घान्द्रुकबाट राप्तीदुन अन्तर्गत चितवनको दिव्यनगरमा बसाइँ सर्यो। भारतीय सेनाका बुवा दानबहादुरको सरुवा फेरि भारतमै भयो। २०२२ साल (सन् १९६५) मा भारतपाकिस्तान बीच युद्ध सुरु भयो। कारगिलको लडाइँमा गोली लागेर दानबहादुर मृत्यु भयो। ३० वर्षको उमेरमा आमा आशादेवी एक्ली भइन्।

शिक्षा सम्पादन गर्नुहोस्

भारत पाकिस्तान युद्धमा बुवा मारिएपछि तीनवटा छोरी हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी आमा (एकल महिला)को काँधमा आयो। सात,नौं(रीता गुरुङ) र एघार वर्षका छोरीहरूको सुन्दर भविष्यको आशा राखेर आशादेवी काठमाडौँ आइन। दिव्यनगर स्कुलमा पढिरहेकी छोरीहरूलाई काठमाडौँ पठाएर आमाले साहसी निर्णय लिएकी थिइन्। गाउँमा खेती किसानी गरेरै उनले छोरीहरूको पढाई खर्चको जोहो गरिन्। रीता उनकी दिदी र बिहनीले आमाको सपनालाई साकार गरिदिए। जेठी सीता गैरसरकारी संस्थाको नेतृत्व गर्छिन्। कान्छी डा. गीता गुरुङ प्रसुती तथा स्त्री रोग विशेषज्ञ छिन्।हाल उनी त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, प्रसुती तथा स्त्री रोग विभाग प्रमखु पनि छन् ।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. http://tilganga.org/

बाह्य कडीहरू सम्पादन गर्नुहोस्