राल्फा आन्दोलन
राल्फा (पुरारुप: राजा लाई फालौं) सरकारको बिरूद्ध बिरोध गर्न विभिन्न गीत र साहित्यहरू उत्पादन गर्ने नेपालको वामपन्थी सांस्कृतिक समूह थियो। राल्फा आन्दोलन रेडियो नेपालमा रोयल्टीको भुक्तानी नगरेकोले राजनैतिक रुपमा तटस्थ समूहका रूपमा शुरु भएको थियो, यो क्रमशः सांस्कृतिक आन्दोलनमा परिणत भयो। [१] उनीहरूले पञ्चायती व्यवस्थाको शासन बिरूद्ध विरोध गीत, कविता र उपन्यासहरू प्रस्तुत गरे। [२] [३]
इतिहास
सम्पादन गर्नुहोस्बि.सं २०२१-२०२३ रेडियो नेपालको कारण यो समूह जन्मिएको हो। विक्रम सम्वत् २०२४ साल सम्म रामेश र रायन रेडियोमा गाउँथे। साहित्यकार मञ्जुल रेडियोको कार्यक्रममा कविता वाचन गर्थे। त्यसबेला कविता पढे वापत पैसा पाइन्थ्यो ।
तर, रेडियोभित्रकै कसैले कीर्ते सही गरेर मञ्जुलको कविताको पारिश्रमिक रामेश र रायनले पनि गीत गाएको पैसा खाइदिएछ। पछि मिलाउला भन्दै रेडियो नेपालले टारिरहेको थियो । त्यो स्थितिमा उनीहरूले कीर्ते गर्ने विरुद्ध मुद्दा हाल्ने तयारी गरे । त्यस प्रकरणले रेडियो नेपालसँग झगडा जस्तो भयो । त्यहाँका ठूलाबडा रिसाएपछि उनीहरू फेरि रेडियो नेपालमा जाने स्थिति भएन । त्यसपछि एउटा समूह बनाएर अघि बढ्ने भनेर ‘राल्फा’ गठन गरे।[४]
उल्लेखनीय योगदानहरू
सम्पादन गर्नुहोस्रचना | विधा | रचनाकार |
---|---|---|
शिरीषको फूल | उपन्यास | पारिजात |
छेकुडोल्मा | उपन्यास | मञ्जुल |
गाउँ गाउँबाट उठ, | गीत | शब्द: श्याम तमोट
समूह गीत |
एक जुगमा एक दिन | गीत | |
आऊ मिलाऊँ हाम्रा हातहरु | गीत | |
संघर्ष हो जीवन | गीत | |
देश जनताको नाम हो. | गीत | |
रोक्ने को हो दूरदर्शी विचारका धारा |
गीत | |
सुनको बिहान..., | गीत | |
गाई त बाँध्यौ ढुंग्रोमा मोही छैन..., | गीत | |
कोही त भने जहाजमा | गीत | |
एउटा ,मरेर जान्छ, हामी हजारौ हुन्छौ | गीत | |
नीलो जून, को एक [५] | सांस्कृतिक विरोध कार्यक्रम | बि.सं २०२५ |
सामाजिक महत्व
सम्पादन गर्नुहोस्राल्फाका गीतहरू नेपालमा विरोधको क्रममा समय-समयमा प्रयोग गरिन्छ। विक्रम सम्वत २०६२/६३ को जनआन्दोलनको क्रममा राल्फाको गीतहरू जुलुस- प्रदर्शनमा व्यापक प्रयोग भएको थियो। माओवादी द्वन्द (२०५२-६३) को समयमा सांस्कृतिक कार्यक्रमहरूमा राल्फाको गीतहरू व्यापक रूपमा प्रयोग भयो। [६] सरकारले समय समयमा राल्फाको गीतहरू प्रतिबन्ध गरेको थियो । [७] [८]
सदस्यहरू
सम्पादन गर्नुहोस्नाम | उपनाम |
---|---|
रामेश्वर श्रेष्ठ | रामेश |
हरिबहादुर श्रेष्ठ | एरिम |
मेघराज शर्मा नेपाल | मञ्जुल |
विष्णुकुमारी वाइवा | पारिजात |
गणेशकुमार राई | गणेश रसिक [९] |
नारायण भक्त श्रेष्ठ | रायन |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The left turn of music", अन्तिम पहुँच २०२१-०२-०५।
- ↑ Anna (२०१८-०८-१०), "Ralpha: An Overview (translation)", Anna M Stirr, Ph.D., अन्तिम पहुँच २०२१-०२-०५।
- ↑ "मञ्जुलकाे राल्फाकालीन 'सम्झनाका पाइलाहरू' सार्वजनिक", Setopati, अन्तिम पहुँच २०२१-०२-०५।
- ↑ "राल्फाको यात्राः गरिब जनता झुम्मिन्थे, हुने-खाने तर्किन्थे", Online Khabar, अन्तिम पहुँच २०२१-०२-०५।
- ↑ "रामेशका राल्फा यादहरु", अन्तिम पहुँच २०२१-०२-०५।
- ↑ "राल्फाको यात्राः गरिब जनता झुम्मिन्थे, हुने-खाने तर्किन्थे", Online Khabar, अन्तिम पहुँच २०२१-०२-०५।
- ↑ पाठ, नागरिक १२ फाल्गुन २०७५ ३४ मिनेट, "'त्यसो भए त राल्फा गलत थिए त ?'", अन्तिम पहुँच २०२१-०२-०५।
- ↑ "राल्फासँग म", अन्तिम पहुँच २०२१-०२-०५।
- ↑ Anna (२०१८-०८-१०), "Ralpha: An Overview (translation)", Anna M Stirr, Ph.D., अन्तिम पहुँच २०२१-०२-०५।