नारायण भक्त श्रेष्ठ (रायनको नामले परिचित ) नेपालको प्रगतिशील गीतकार तथा गायक हुन्। उनी राल्फा आन्दोलनको चार सदस्य मध्ये एक थिए।[१][२]

जीवनी सम्पादन गर्नुहोस्

श्रेष्ठको जन्म ओखलढुंगा जिल्लाको नेवार परिवारमा भएको थियो। उनमा उनका बुबाबाट संगीतको प्रभाव थियो। उनका बुबा नेवार संस्कृतिको उत्सव, भाषा र संगीतको सक्रिय अभियन्ता थिए।

बाल्यकालमा, श्रेष्ठ पारंपरिक थिएटरमा खेल्नुभयो। १९ वर्षको उमेरमा उनी रेडियो नेपालमा एक गीत गायकको रूपमा छनोट भए। [३] उनले त्यहाँ चार बर्ष काम गरे। [४] त्यहाँको भ्रष्टाचारको माहोल पछि उनले रेडियो नेपाल छाडे र बि.स, २०१९ मा पारिजातको नेतृत्वमा राल्फा समूहको स्थापना गरे। उनी पञ्चायतको बखत प्रगतिशील गीत लेख्न र गाउने काममा संलग्न थिए। उनका गीतहरू पछि माओवादी ससस्त्र द्वन्दको क्रममा माओवादीले प्रयोग गरे।[५]

उनले नेपाल संगीत र नाटक प्रज्ञा प्रतिष्ठानको कुलपति को रूपमा पनि काम गरे। [४]

लोकप्रिय गीतहरू सम्पादन गर्नुहोस्

प्रकाशन सम्पादन गर्नुहोस्

  • सिमा गीत, बि.सं. २०७२ [७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hutt, M.J.; Onta, P.R. (२०१७), Political Change and Public Culture in Post-1990 Nepal, Cambridge University Press, आइएसबिएन 978-1-107-17223-4 
  2. Grandin, Ingemar (१९९४), "TO CHANGE THE FACE OF THIS COUNTRY: NEPALESE PROGRESSIVE SONGS UNDER PANCHAYAT DEMOCRACY", Journal of South Asian Literature 29 (1): 175–189, आइएसएसएन 0091-5637, जेएसटिओआर 25797506, अन्तिम पहुँच २०२१-०२-०१ 
  3. "‘A new age demands new revolution’", अन्तिम पहुँच २०२१-०२-११ 
  4. ४.० ४.१ रातोपाटी, "जनगायक नारायणभक्तको जीवन : रायन मै हुँ भनेर पत्ता लगाउनै सक्दैनथे", RatoPati, अन्तिम पहुँच २०२१-०२-११ 
  5. Mottin, Monica (२०१०-०१-०१), Catchy Melodies and Clenched Fists. Performance as Politics in Maoist Cultural Programs, पृ: 52–72। 
  6. "एक जुगका गायक रामेश", एक जुगका गायक रामेश, अन्तिम पहुँच २०२१-०२-०१ 
  7. "Kantipur-रायनले ल्याए सीमा गीत", अन्तिम पहुँच २०२१-०२-११