राराताल
राराताल (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
राराताल | |
---|---|
रहेको स्थान | मुगु जिल्ला |
भौगोलिक निर्देशांक | २९°३१′३३″N ८२°०५′२५″E / २९.५२५७२१°N ८२.०९०२१०६°Eनिर्देशाङ्कहरू: २९°३१′३३″N ८२°०५′२५″E / २९.५२५७२१°N ८२.०९०२१०६°E |
अन्तर्वाह | अज्ञात |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | ५.१ किलोमिटर |
अधिकतम चौडाई | ३.२ किलोमिटर |
सतहको क्षेत्रफल | १०.८ वर्ग किलोमिटर |
अधिक गहिराई | १६७ मिटर |
पानीको आयतन | १ घन किलोमिटर |
सतहको उचाई | २,९७२ मिटर |
प्राकृतिक सौन्दर्यता
दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने 'असला' जातको माछा पाइन्छ।
नामकरण
राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।
जलवायु
ग्रीष्म ऋतुमा रारा ताल निकै सुन्दर छ तर जाडो हुन्छ। सबैभन्दा उत्तम भ्रमण गर्ने समय सेप्टेम्बर / अक्टोबर र अप्रिलदेखि मईसम्म हुन्छ। डिसेम्बरदेखि मार्च सम्म तापमान पनि जम्ने प्वाइन्ट भन्दा तल झर्छ। हिउँद मा भने १ मिटर सम्मको हिउँ पर्ने गरेको छ ।
बर्खा याम मा भने ८० मिलिमिटर सम्म को पानी परेको पर्ने गरेको छ सामान्यतया तालको सतहको तापमान ७.५ देखि ७.६ डिग्री सेल्सियस सम्म हुने गरेको छ।[१]
चित्र दीर्घा
-
राराताल, मुगु
-
रारातालको दृश्य
-
सुर्योदयको समय राराताल