राजी जाति मध्य पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको कैलाली, कञ्चनपुर, सुर्खेत, बर्दिया, बाँके र दाङ जिल्लाहरूमा विशेष गरी बसोबास गर्दै आइरहेका छन । राजी जातिहरू दांङ देउखुरीका आदिवासी मानिन्छन् | यिनीहरूमा पाण्डाली, नौकुले र पूर्वीय तीन थर हुन्छन् | राजीभित्रका विभिन्न जातहरु:

   राजी जाति सुरुमा एउटै थियो समय वित्दै जाँदा यो जाति ३ मुख्य उपजातिमा विभाजन हुन गयो । ती यसप्रकार छन् ।

१. बाह्रबण्डाले (सुर्खेत जिल्लाको कुनाथरी, पोखरीकाँडा, विद्यापुर, बाबियाचौर, तातापानी, घाटगाउँ, लगाम, कैलाली जिल्लाको सुगरखाल, पथरैया, टिकापुर, लालबाझि, खैलाड, धनपा, र कञ्चनपुरको कृष्णापुर र दैजी गाविस बाह्रबण्डालेको मुख्य ठाउँको नाम) यो जातिमा १२ थर हुन्छन्: घटाला, जमाल, कुइनेल, कचाले, सोल्ट्याल, डुंग्रेल, कुम्ल्याल, मुड्याल, भट्क्या, डम्म्वाल, गजरेल, ग्रन्वाल । २. नौकुल्या: (९ थर वा कुल ) तम्च्याल, नग्र्याल, गोब्र्याल, माहाटनौ, टल्गइ, नैन्याल, भड्क्या, गुरुवान, डुंग्रेल, ३. पूर्वा: (१८ थर ) यिनीहरु पूर्वतिर बस्ने हुनाले पूर्वा भनिन्छ । (जस्तै छत्याल, दौन्याल, टोल्याल, सम्ज्याल, छिन्च्याल, खोर्‍याल, केलाने, धुल्याल, नैहारी, गोठ्याल, भुम्क्याल, लोध्याल, बागडुल्याल, घटाला, कुम्ल्याल, मन्कापान्या, डिग्याल, बड्क्याल र ठौर्‍याल ।

राजीहरु प्रकृति पुजक हुन् यस जातिको छुट्टै भेषभुषा, परम्परा र संस्कृति रहेको छ यस जातिको विवाह (मागेर, तानेर र भगाएर) आफ्नै जातिसंग हुने गर्दछ यस जातिले मरेको मानिसको लाशलाई जमिन मुनि गाड्ने गर्दछन् । मरेको १३ दिनपछि मात्रै काजक्रिया गर्ने चलन रहेको छ ।

राजी जाति को भेषभुषा राजी पुरुषहरूले टोपी, कमिज, भोटो, हरियो खिका भएको छड्के पटुका र सद्धरी लगाउँछन् भने महिलाहरूले टोपरेलको गुन्यु, चोली र घलेक र सेतो रुमाल पैहिरिन्छन् ।

मादल

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्