रमिते
रमिते जेसन कुँवरद्वारा लिखित नेपाली उपन्यास हो। [१] [२] यो फेब्रुअरी १३, २०२१ मा रेड पान्डा बूक्सद्वारा प्रकाशित भएको थियो। [३] यो लेखकको पहिलो पुस्तक हो जो एक संगीतकार र "नाइट" नामक ब्यान्डको एक हिस्सा हुन ।[४] यो पुस्तक नेपालको सर्वोच्च साहित्यिक सम्मान मदन पुरस्कारका लागि मनोनयन गरिएको थियो। पुस्तक चार खण्डहरू मिलेर बनेको परियोजना हो। भविष्यका किस्ताहरू सांगीतिक प्रदर्शन, कला र चलचित्रहरूमा हुनेछन्। यो परियोजना विभिन्न संगीतकार, कलाकार, फोटोग्राफर, चित्रकार र चलचित्र निर्माताहरू बीचको सहकार्य हो।
लेखक | जेसन कुँवर |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
प्रकार | उपन्यास |
प्रकाशक | रेड पान्डा बूक्स |
प्रकाशित मिति | फेब्रुअरी १३, २०२१ |
मिडियाको प्रकार | पुस्तक |
पृष्ठ | २८२ |
पुरस्कार | मदन पुरस्कारका (मनोनयन) |
आइएसबिएन | 9789937085373 |
सारांश
सम्पादन गर्नुहोस्उपन्यास एक काल्पनिक संसारमा सेट गरिएको छ, र धेरै पात्रहरुको दृष्टिकोणमा प्रस्तुत गरिएको छ । यसमा विभिन्न गीतहरू, स्केचहरू र काल्पनिक लिपिहरू पनि समावेश छन्। पुस्तकले मानव सभ्यता, समाज र हाम्रो संसारलाई दर्पण गर्ने विभिन्न मानवीय प्रवृत्तिको कथा चित्रण गर्दछ।[५]
समलोचना
सम्पादन गर्नुहोस्२०७७ सालको मदन पुरस्कारका लागि यो पुस्तक मनोनयन थियो ।[६]
विमोचन
सम्पादन गर्नुहोस्पुस्तकको विमोचन फेब्रुअरी १३, २०२१ मा पाटन दरबार स्क्वायरमा रहेको पाटन संग्रहालयमा गरिएको थियो। शुभारम्भ कार्यक्रममा कुँवरको ब्याण्ड नाइट र केही अन्य कलाकारले प्रस्तुति दिएका थिए । [७]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ Setopati, प्रभाकर गौतम ::, "'संसारको सुखदुःखले नपुगेपछि रमिते रचेँ'", Setopati (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०४।
- ↑ "रमिते : अस्तित्व निर्माण/विनिर्माणको कोलाज", ekagaj (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०४।
- ↑ "जेशन कुवरको आख्यान 'रमिते' सार्वजनिक", Farakdhar || Nepal's Online Magazine (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०४।
- ↑ "गायक जेशनको पुस्तक 'रमिते' लोकार्पण", Nepal Live (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०४।
- ↑ "Ramite: Who is the fairgoer?", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-१२-०४।
- ↑ "Madan Puraskar announces shortlist of nine books for award", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-१२-०४।
- ↑ Setopati, प्रभाकर गौतम ::, "'संसारको सुखदुःखले नपुगेपछि रमिते रचेँ'", Setopati (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०४।