रणवीर सिंह थापा

नेपालको पूर्व कार्यवाहक मुख्तियार

रणवीर सिंह थापा वा स्वामी अभयानन्द पाल्पाका बडाहाकिम तथा नेपाल अंग्रेज युद्धका क्षेत्र कमान्डर थिए। उनी राजनीतिज्ञ पनि थिए । उनले छोटो समयको लागि सन् १८३७ मा कार्यवाहक मुख्तियार भएका थिए।[१]

श्री काजी जर्नेल
रणवीर सिंह थापा
Ranabir Singh Thapa.jpg
रणवीर सिंह थापा
कार्यवाहक मुख्तियार
कार्यकाल
सन् १८३७
पूर्वाधिकारीभीमसेन थापा
उतराधिकारीभीमसेन थापा
व्यक्तिगत विवरण
जन्मवि. सं. १८४७ आषाढ १२
नेपाल
नातादाजु भीमसेन थापा
पिताअमरसिंह थापा (सानुकाजी)
सैनिक सेवा
उपनाम(हरू)स्वामी अभयानन्द
निष्ठानेपाल नेपाली
श्रेणीजर्नेल
लडाईं/युद्धनेपाल-अंग्रेज युद्ध (मकवानपुर-हरिहरपुर)
काजी रणवीरसिंह स्वामी अभयानन्दको नाम ग्रहण गर्दै योगी बनेका

सैनिक जीवनसम्पादन

 
रणवीरसिंह थापाद्वारा प्रेषित पत्रको खोल

जनरल मार्ले हेटौँडा, मकवानपुरगढी कब्जा गर्दै काठमाण्डौ पस्न चाहन्थे । उनीसँग १२,००० फौज थियो तर अघि बढ्न चाहेनन् । मकवानपुर-हरिहरपुर क्षेत्रको सम्पूर्ण जिम्मा बहन गरेका रणवीर सिंहले अर्का अङ्ग्रेजी अग्रज मेजर जनरल वुडलाई रणमा लोभ्याईरहेका थिए। तर मेजर वुडस् बढ्न मानेनन्। रणवीर सिंहको अध्यक्षतामा ४००० सिपाही थिए। जनरल वुड बारागढीबाटै बेतियातिर लागे ।[२]

 
देब्रेबाट तेस्रो मोहर छाप कर्णेल रणवीरसिंह थापाको

राजनीतिक जीवनसम्पादन

रणवीर सिंह दाजु भीमसेन थापा पछि प्रधानमन्त्री बन्न चाहन्थे। तर रणजंग पाण्डेको चर्को षड्यन्त्रले हुन पाएनन्। वि.सं. १८७७ सालको आखिरतिर चीनसँग नेपालको मैत्री सम्वन्ध बलियो पार्न राजदूत भएर ल्हासा खटिएका थिए । राजा र मन्त्रीको आज्ञा पालन गर्दै यिनले चीनका बादशाहलाई विश्वासमा लिएका थिए । यसले गर्दा चीनका बादशाहबाट ३६ हजार नेपाली रुपैयाँ र अमूल्य ज्वाराहतले जडित मयुरको कल्कीलागेको रातो गजुरे चीनिया टोपी एवम् रत्न जडित क्वाच भीमसेन थापालाई उपहार पठाएका थिए । यिनी ल्हासामा राजदूत भएर पाँच वर्ष जति बसेका थिए ।[३]

सन्याससम्पादन

रणवीरसिंह थापा जो स्वामी अभयानन्द प्रथम बनेका थिए

स्रोतसम्पादन

यो पनि हेर्नुहोलासम्पादन