रणजित मल्ल

(रणजीत मल्ल बाट पठाईएको)

रणजीत मल्ल, भक्तपुरका अन्तिम राजा थिए। यिनका छोरा वीर नरसिंह, पृथ्वी नारायण शाहका मित रहेका थिए। उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो।[१]

रणजित मल्ल जनप्रेमी र प्रजातन्त्रिक राजा थिए। उनी प्रजातान्त्रिक धारणाअनुसार जनसर्थन लिने परम्परा भएका राजाका रूपमा जीवोत भएका छन्। उनले कुनै निर्माण, नियम लागू गर्दा जनसमर्थन जुटाएर जनताबाटै त्यो काम गराउथे।[२] राजनीतिक रूपमा यिनी नितान्त अदूरदर्शी थिए।

भक्तपुरका राजा रणजित मल्ल अत्यन्तै उदार र जनताको विचारको कदर गर्ने राजा थिए। ई.स. १७६२ मा भत्तपुरका राजा भएको वेलाम उनले जनतामाथि अन्याय हुन नदिन थिति बन्देज बाँधेका थिए। देशमा अनुकूल परिस्थिति नभएको अवस्थामा रणजित मल्लले भक्तपुरका चौबिसै टोलमा प्रतिनिधि डाकी राय लिने गरेको कतिपय उदाहरणहरु छन्। ती चौबिस टोलका नाईके नै जनप्रतिनिधिको रूपमा काम गर्दथे।

गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु जयप्रकाश मल्लतेज नरसिंह मल्लले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई शरण दिएका थिए ।[३]

शासनकालसम्पादन

बाबु भूपतीन्द्र मल्ल कै पालामा वि.सं. १७७८ मा भक्तपुरका राजा भएका थिए। यिनी केहि समय पाटन का राजा पनि बनेका थिए तर यिनले ६ प्रधानको चित्त बुझाउन नसक्दा बाहिरिनु पर्यो।

उत्तराधिकारी विवादसम्पादन

राजा रणजित मल्लले भित्रिनीबाट धेरै छोराहरू पाएका हुनाले राजगद्दीमा बस्न योग्य ठानिँदैनथे। यिनले आफ्ना उत्तराधिकारी छान्ने क्रममा भित्रिनी रानीबाट विरोध भइ कचिङ्गल  उठ्यो। यसलाई समाधान गर्न यिनले दरबारका सबै बर्गका प्रतिनिधिको भेला डाकी राय लिएका थिए । वि सं १७९६ मा जनताको राय बमोजिम रानीको विरोधका बावजुद विबाहिता रानीवट्टिका चोखा छोरा वीर नरसिंह मल्ललाई नै उत्तराधिकारी घोषित गरे। [३] वि सं १७९६ मा नै रणजित मल्ल र नरभूपाल शाहको मितेरीस्वरुप शिरपोस साटेकाले एक वर्ष पृथ्वीनारायण शाह भक्तपुर बसेका थिए।

कान्तिपुर र पाटनका राजालाई शरणसम्पादन

वि सं १८२५ आश्विन २४ गते कान्तिपुरपाटनका राजाहरूले भक्तपुरमा राजनीतिक शरण लिए।

गोरखा-भक्तपुर युद्धसम्पादन

रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे। तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए। अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो।

उत्तरार्ध जीवनसम्पादन

रणजित मल्ललाई स्वेच्छानुकूल चल्ती सम्पत्तिसाथ काशिवास गराइयो।

यिनको मृत्यु वि.सं १९२८ मा भयो।

ग्रन्थ रचनासम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. रणजीत मल्लको इतिवृत्त https://www.kantipurdaily.com/literature/2018/06/01/152782122751925714.html
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५७
  3. ३.० ३.१ मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11