राता रक्त कोष

एक प्रकारको रक्तकोष

राता रक्त कोष (Red Blood Cells), रगतको सबभन्दा प्रमुख कोशिका हो। राता रक्त कोषहरूलाई इरिथ्रोसाइट्स पनि भनिन्छ । एक घन मिलिलिटर रगतमा ४५ लाखदेखि ५० लाखसम्म राता रक्त कणिकाहरू हुन्छन् । यिनको आयु ९० देखि १२० दिनसम्म हुन्छ । यिनीहरू बोन म्यारोमा बन्छन् । यी कोषहरू प्रत्येक सेकन्डमा २० लाख जति बन्छन् भने त्यत्तिकै सङ्ख्यामा नासिन्छन् । राता रक्त कोष बन्ने र नासिने प्रक्रिया बाचुन्जेल चलिरहन्छ । पुराना रक्त कोषहरू कलेजोफियोमा नष्ट हुन्छन् । यसमा भएको फलाम तत्त्व पुनः प्रयोगमा आइरहन्छ ।

Red blood cell
Scanning electron micrograph of human red blood cells (ca. 6–8 μm in diameter)
विबरण
कार्यOxygen transport
पहिचान
संक्षिप्तRBC
चिकित्सा विषय शीर्षकहरूD004912
शब्दावली हिस्टोलोजिकढाँचा:Str mid.html H2.00.04.1.01001
एनाटोमीको आधारभूत मोडेल62845
माइक्रोएनाटोमीको शारीरिक शब्दावलीहरू
मानवको राता रक्त कोषको परिवर्धित दृश्य
Mature red blood cells of birds have a nucleus, however in the blood of adult females of penguin Pygoscelis papua enucleated red blood cells (B) have been observed, but with very low frequency.

यी कोषहरूको आकार बाइकन्केभ गोलाकार हुन्छन् । यी रक्तकोषहरूमा न्युक्लियस हुंदैन ।

राता रक्तकोषको मुख्य कार्य शरीरमा अक्सिजनकार्बन डाइअक्साइडको परिवहन गर्नु हो । राता रक्त कोषमा एक प्रकारको पिग्मेन्ट हुन्छ, जसलाई हेमोग्लोबिन भनिन्छ । यसले गर्दा रगत रातो हुन्छ । हेमोग्लोबिनमा फलाम तत्त्व हुन्छ, जसले गर्दा प्रशस्त मात्रामा अक्सिजन आपूर्ति हुन्छ । अक्सिजनयुक्त हेमोग्लोबिनलाई अक्सिहेमोग्लोबिन भनिन्छ ।

रगतमा राता रक्त कणिकाको सङ्ख्या कमी भएमा रक्त अल्पता रोग लाग्छ । यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन्छ ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्