म्याट्स ह्युमेल्स

जर्मनेली फुटबल खेलाडी

म्याट्स जुलियन ह्युम्मेल्स (जर्मन उच्चारण: [ˈmats ˈhʊməls]; जन्म १६ डिसेम्बर १९८८) जर्मन फुटबलर हुन् । उनी बुन्डेस लिगा क्लब बोरूसिया डर्टमन्ड र जर्मनी राष्ट्रिय फुटबल टिमको रक्षा पङ्क्तिबाट खेल्ने गर्छन् । डर्टमन्डका लागि भने उनी पूर्वकप्तान समेत रहे । प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न म्युनिख युथ एकेडेमीका उत्पादन हुन् जो २००९ मा €४ मिलियनमा डर्टमन्ड प्रवेश गरेका हुन् ।

म्याट्स ह्युमेल्स
व्यक्तिगत जानकारी
पुरा नाम म्याट्स जुलियन ह्युमेल्स
उचाइ १.९१ मी (६ फिट ३ इन्च)[१]
खेल्ने स्थान(हरू) डिफेन्डर
क्लब जानकारी
वर्तमान टोली
बोरूसिया डर्टमन्ड
युवा करियर
१९९५-२००६ बायर्न म्युनिख
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६-२००७ बायर्न म्युनिख II ४२ (५)
२००७-२००९ बायर्न म्युनिख (०)
२००८-२००९ बोरूसिया डर्टमन्ड (लोन) २५ (१)
२००९-२०१६ बोरूसिया डर्टमन्ड २२५ (१९)
२०१६-२०१९ बायर्न म्युनिख ७४ (३)
२०१९- बोरूसिया डर्टमन्ड (०)
अन्तर्राष्ट्रिय करियर
२०१०- जर्मनी ७० (५)
*क्लब घरेलु लिग उपस्थिति र गोल

अन्तराष्ट्रिय जीवनवृत्ति सम्पादन गर्नुहोस्

अन्तराष्ट्रिय स्तरमा उनको प्रदर्शन प्रशंसनिय छ । २०१४ फिफा विश्वकपमा जर्मनीको पोर्चुगल विरूद्ध ४-० को जीतमा उनले दोस्रो गोल गरेका थिए । जहाँ थोमस मुलरको ह्याट्रिक पनि सम्मिलित थियो । त्यो गोलले उनको सम्मान बढायो, हुन पनि क्रिष्टियानो रोनाल्डो जस्तो बहुप्रतिभाशाली खेलाडी सम्मिलित टीमलाई हराउनु खेलाँची कुरा थिएन् । टोनी क्रुजको कर्नरबाट निस्केको पासलाई सदुपयोग गर्दै हेड गरेका थिए उनले । सोही विश्वकपको क्वार्टरफाइनलमा उनले फ्रान्सविरूद्ध निर्णायक गोल गरेका थिए । जर्मनीले उक्त विश्वकपको फाइनल लियोनेल मेस्सीको अर्जेन्टिनालाई पराजित गर्दै जितेको थियो । फाइनलका निर्णायक गोलकर्ता भने मारियो गोट्जे थिए ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Mats Hummels" (Germanमा), Borussia Dortmund, अन्तिम पहुँच १४ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण ९ अगस्ट २०१४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्