म्याट्रिमोनी डटकम लिमिटेड जसको महत्त्वपूर्ण ब्राण्ड भरत म्याट्रिमोनी हो। यो सम्बन्ध जोड्ने सेवाहरूको एक सञ्जाल हो। देशव्यापीको रूपमा यसको २० वटा भन्दा बढी कार्यालयहरू रहेका छन् जसमा ४००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्।[१] कम्पनीका अमेरिकादुबईमा पनि कार्यालयहरू रहेका छन्।

म्याट्रिमोनी डटकम
व्यवसाय प्रकार
निजी
उद्योगइन्टरनेट
स्थापनाकर्तामुरुगावेल जनकिरमान
केन्द्रीय कार्यालय,
उत्पादनहरूवैवाहिक
सेवाहरूविवाह सम्बन्धित सेवाहरू
वेबसाइटmatrimony.com

इतिहास सम्पादन गर्नुहोस्

भारत म्याट्रिमोनी डटकम १५ क्षेत्रीय भाषाहरूमा सञ्चालित छ।[१] कम्पनीले एसिष्टेड म्याट्रिमोनी जस्ता धेरै वैवाहिक सम्बन्ध सम्बन्धी सेवाहरूलाई सुरुवात गरेको थियो। यो व्यस्त व्यवसायीहरूका लागि एक निजीकृत सम्बन्ध जोड्ने सेवा हो जहाँ प्रशिक्षित सम्बन्ध प्रबन्धकले मिलन र सम्भावनाहरू बीचको उपस्थितिलाई सुविधाजनक बनाउँछन्।[२] एलिट म्याट्रिमोनी, माथिल्लो स्तरको एक भुक्तान सम्बन्ध जोड्ने सेवा हो जसले सम्बन्ध जोड्ने प्रक्रियाको अवधिमा गोप्यता र गोपनीयता प्रदान गर्दछ।[३][४] कम्युनिटी म्याट्रीमोनी डटकम, ३५० भन्दा बढी समुदाय उन्मुख पोर्टलहरूको एक समूह हो जसलाई सन् २००९ मा सुरु गरिएको थियो।[५][६]

कम्पनीले सन् २००८ मा भारत म्याट्रिमोनी विशेषाधिकारको सुरूवातसँगै व्यक्तिगत सहयोगी सेवाको पहल गरेको थियो। यसलाई त्यसपछि सन् २००९ मा विशेषाधिकार म्याट्रिमोनीको नाम दिइएको थियो। पछि यसको नाम एसिष्ट म्याट्रिमोनीमा परिवर्तन भएको थियो।[७] प्रशिक्षित सम्बन्ध प्रबन्धकहरूले सदस्य प्राथमिकताहरूलाई बुझ्दै, मिल्दो प्रोफाइलहरूको लागि खोजी गर्दछन्। त्यसपछि उनीहरूले सम्भावितहरूसँग सम्पर्क राख्छन् र सम्भावित परिवारहरूको पारस्परिक सहमतिमा बैठकहरू सहजै गर्दछन्।[८]

एलिट म्याट्रिमोनी, एक भुक्तान, सम्बन्ध जोड्ने सेवा हो जसलाई सन् १००८ मा सुरु गरिएको थियो। [९] सन् २०१२ मा, कम्पनी म्याट्रिमोनी निर्देशिका साथ, एक विवाह विक्रेता वर्गीकृत पोर्टलको रूपमा पुनर्गठित भएको थियो। यसका २० भन्दा बढी सहरमा ५०,००० भन्दा बढी विवाह सम्बन्धी सेवाहरू रहेका छन्।[१०][११]

भारत म्याट्रिमोनी डटकमका भारतमा आइफोन, आइप्याड, ब्ल्याकबेरी, नोकिया र एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि मोबाइल अनुप्रयोगहरू छन्। योसँग अद्यावधिक गरिएको डब्ल्युएपी साइट पनि रहेको छ। कम्युनिटी म्याट्रिमोनीसँग मोबाइल अनुप्रयोगहरू छन्। [१२] सन् २००० को सुरुमा, अनलाइन विवाहसम्बन्धी अनलाइन भुक्तान गर्नेमा डर र शङ्का रहेको बेलामा कम्पनीले भारतमा घरमै आई गरिने सङ्कलनको सुरुवात गरेको थियो। कम्पनीले उनीहरूको वेबसाइटमा म्याचबोर्ड, सोलमेट सर्च, एष्ट्रोम्याच, र एक्सप्रेस इण्ट्रेष्ट जस्ता सुविधाहरू प्रस्तुत गरेको थियो जसले ग्राहकहरूलाई सही मिलन गर्न मद्दत गर्दछ।[१३]

सन् २००६ मा, भारत म्याट्रिमोनीले भारतमा अनलाइन दस्तावेजी विवाहहरू भएका कारण लिम्का बुक अफ वर्ल्ड रेकर्डमा एउटा प्रविष्टि प्राप्त गरेको थियो। [१४]

सन् २०१३ मा, सोनसिम इन्फोले नाम म्याट्रिमोनी डटकममा परिवर्तन गरेको थियो। [१५]

सामाजिक पहल सम्पादन गर्नुहोस्

कम्पनीको सामाजिक पहलहरू मध्ये भरतलब्लड बेङ्क, भारत आइ बेङ्क र भारत ग्रीन ह्याण्ड्स समावेश छन्।

पुरस्कारहरू सम्पादन गर्नुहोस्

१) सन् २०१२ को उच्च मुल्याङ्कन प्राप्त शीर्ष १० विज्ञापनहरू[१६]

२) भारतको सबैभन्दा विश्वासिलो वैवाहिक ब्राण्ड[१७]

३) सेयर मूल्य र उद्यम पूँजीद्वारा समर्थित उपभोक्त इन्टरनेट कम्पनी[१८]

४) रेड हिएरिङ हण्ड्रेड ग्लोबल अवार्डद्वारा सम्मानित [१९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "How Bharat Matrimony became the best priest in the marriage business", बिजने स्ट्यान्डर्ड, ९ अक्टोबर २०१३। 
  2. NDTV, "Matrimony sites that focus on small groups reap big benefits", एनडिटिभी, अन्तिम पहुँच २७ मार्च २०१४ 
  3. खान, सबिया (२०११-१०-३१), "High-end matrimonial portals exclusively for HNIs", द इकोनोमिक टाइम्स, अन्तिम पहुँच २३ जुन २०१३ 
  4. "These relationship managers will find you the ideal match", याहु!, २०११-०६-२३, अन्तिम पहुँच २३ जुन २०१३ 
  5. "BharatMatrimony launches EliteMatrimony.com", NDTV.com, २००९-०१-०२, मूलबाट २६ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०१३ 
  6. Papnai, Chitra (२००९-०३-२८), "Special connections", द टेलिग्राफ, अन्तिम पहुँच २३ जुन २०१३ 
  7. afaqs, "Privilege Matrimony: The invisible matchmaker", अफकास, अन्तिम पहुँच २६ जुलाई २०१०  वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०१४ मिति
  8. "Now, pay Rs 1 lakh and net a prize catch", न्यु इण्डिएन एक्सप्रेस, ८ डिसेम्बर २००८।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-०५ मिति
  9. "Consim Info Launches Wedding Classifieds Portal Matrimonydirectory.com", मिडियानामा, २५ जुलाई २०१२। 
  10. "BharatMatrimony expands suite of mobile services & apps", exchange4media News Service, मूलबाट १३ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण १३ जनवरी २०१३ मिति
  11. "BharatMatrimony expands suite of mobile services and apps", India Infoline News Service, अन्तिम पहुँच ९ जनवरी २०१२ 
  12. "Doorstep", जुलाई २००८।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२० मिति
  13. "सोलमेट सर्च", जुलाई २०११। 
  14. विश्व किर्तिमान, "Limca Book of World Record", अन्तिम पहुँच २ नोभेम्बर २००६ 
  15. "Consim Info is now Matrimony.com", बिजनेस स्ट्यान्डर्ड, ११ जुन २०१३। 
  16. "Ten Hits & Misses: Best & Bekaar ads of 2013", द इकोनोमिक टाइम्स, अन्तिम पहुँच Dec २५, २०१३ 
  17. "BharatMatrimony Ranked India's Most Trusted Matrimony Brand", भारत जर्नल, अन्तिम पहुँच Feb १७, २०१४ 
  18. "Matrimony.com adjudged best PE/VC backed consumer internet company", पिआरलग, अन्तिम पहुँच Feb २१, २०१३ 
  19. "Consim wins Red Herring Global 100 Award", बिजनेस स्ट्यान्डर्ड, अन्तिम पहुँच जनवरी २८, २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्