मेघना नदी

बङ्गलादेशको नदी
(मेघनाबाट अनुप्रेषित)

मेघना नदी (बङ्गाली: মেঘনা নদী) बङ्गलादेशको प्रमुख नदीहरू मध्ये एक हो। यो गङ्गा नदीको उद्गम स्थल नजिक (डेल्टा) बनाउने तीन प्रमुख सहायक नदीहरू मध्ये एक हो। यी नदीहरूबाट विश्वको सबैभन्दा ठूलो डेल्टा, सुन्दरवन बन्दछ, यहाँ सुन्दरी नामक वन भएको कारणले यसलाई सुन्दरवनको डेलटा भन्ने गरिन्छ। यो बङ्गालको खाडीमा गएर आफ्नो गतिमा आउँछ। मेघना नदीमा पद्मा नदी, चाँदपुर जिल्लामा मिसिने गर्दछ र अन्ततः यो भोला जिल्लामा बङ्गालको खाडीमा मिसिन्छ।[१]

बङ्गलादेशको नक्सामा मेघना सहित अन्य नदीहरू


पूर्ण रूपले बङ्गलादेशको सीमाभित्र सीमित नदीहरूमा मेघना नदी सबैभन्दा बढी फराकिलो नदी हो। भोला जिल्ला नजिक एक बिन्दुमा यो नदी १२ किलोमिटरसम्म फराकिलो रहेको छ। आफ्नो अन्तिम स्थितिमा यो नदी लगभग सीधा रेखामा प्रवाहित हुने गरेको छ। आफ्नो धेरै नै शान्त र सौम्य दृश्यको भएपनि यो नदी प्रत्येक वर्ष धेरै नै मानिसहरूको ज्यान, धनजनी, गाईवस्तुको ज्यानको नोक्सानीको कारण बन्न पुग्छ। यस नदीमा डुङ्गा सेवा समेत चल्ने गर्दछ। यस नदीमा डुङ्गा पल्टेर र सानो बच्चाहरू डुबेर वार्षिक सयभन्दा बढीको मृत्यु हुने गर्दछ। खासगरी यो चाँदपुर जिल्ला नजिक आएर धेरै नै डरलाग्दो बन्न पुग्छ।[२]

विवरण सम्पादन गर्नुहोस्

मेघना नदीको औसत गहिराइ १०१२ फिट (३०८ मिटर) र अधिकतम गहिराइ १६२० फिट (४९० मिटर) रहेको छ। यो नदी भारतको पश्चिमी बङ्गाल राज्यको डेल्टा भएको भागमा ज्वार नदीमुख बनाउँदै बङ्गालको खाडीमा झर्ने गर्दछ। गङ्गा र ब्रह्मपुत्र नदीको धेरैजसो पानीलाई यो नदीले समुद्रसम्म पुगाउने गर्दछ। नदी आफूसँग धेरै मात्रामा माटो र बालुवा ओछ्याउने गर्दछ। नदी कहिले कहिले पाँच वा छ जल धाराहरूमा बाँडिन्छ। यो एउटा विशाल क्षेत्रमा पाखी जस्तै फैलेर बग्ने गर्दछ। यसको मुहानमा तीन मुख्य द्वीप रहेको छ।

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://www.kathmandutoday.com/2016/03/175248.html वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०६ मिति
  2. Masud Hasan Chowdhury (२०१२), "Meghna River", in Sirajul Islam and Ahmed A. Jamal, Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh, अन्तिम पहुँच २७ फेब्रुअरी २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

निर्देशाङ्कहरू: २२°५०′उ॰ ९०°५०′पू॰ / २२.८३३°N ९०.८३३°E / 22.833; 90.833