वाट (संकेत : W ) एकाइहरूको अन्तर्राष्ट्रिय प्रणाली (SI) मा सामर्थ्य वा रेडियन्ट फ्लक्सको एकाइ हो। १ वाट १ जूल प्रति सेकेन्ड वा १ kg⋅m 2 ⋅s −3 बराबर हुन्छ। [१] [२] यो ऊर्जा रुपान्तरण दर मापन गर्न प्रयोग गरिन्छ। वाटको नाम १८ औं शताब्दीका स्कटिश आविष्कारक, मेकानिकल इन्जिनियर, र रसायनशास्त्री जेम्स वाट (१७३६–१८१९), को सम्मानमा राखिएको हो जसले १७७६ मा आफ्नै स्टीम इन्जिनले न्यूकोमेन इन्जिनलाई सुधारेका थिए। वाटको आविष्कार औद्योगिक क्रान्तिको लागि आधारशिला थियो।

powerको एकाइ
नामवाट
प्रणालीSI
भौतिक परिमाणpower
नामकरण गरिएकोजेम्स वाट

परिभाषा सम्पादन गर्नुहोस्

१ वाट सामर्थ्य (कार्यको दर) भनेको कुनै वस्तुलाई एक न्युटनको विपरित बलको विरुद्धमा एक मिटर प्रति सेकेन्ड स्थिर वेग कायम गर्न आवश्यक सामर्थ्य हो ।

 
विद्युत चुम्बकत्वको सन्दर्भमा, एक वाट भनेको एक भोल्ट (V) को विद्युतीय सम्भावित भिन्नतामा एक एम्पीयर (A) को प्रवाह हुँदा विद्युतीय कार्य सम्पन्न हुने दर हो, जसको अर्थ वाट भोल्ट-एम्पीयरको बराबर हुन्छ। पछिल्लो एकाइ, तथापि, विद्युतीय सर्किटको वास्तविक शक्तिबाट फरक मात्राको लागि प्रयोग गरिन्छ)।
 
माथिको समीकरण र ओहमको नियम प्रयोग गरेर वाटको लागि दुई अतिरिक्त एकाइ रूपान्तरणहरू फेला पार्न सकिन्छ।
 
जहाँ ओहम (   ) विद्युतीय प्रतिरोधको SI व्युत्पन्न एकाई हो।

उदाहरणहरू सम्पादन गर्नुहोस्

  • १००  किलोग्राम पिण्ड मास भएको व्यक्ति ५ सेकेन्डमा ३ मिटर अग्लो भर्याङ चढ्दा करिब ६०० वाटको दरले काम गरिरहेको छ । । [lower-roman १]

उत्पत्ति र अन्तर्राष्ट्रीय मात्रक प्रणालीमा स्वीकार सम्पादन गर्नुहोस्

वाटको नाम स्कटिश आविष्कारक जेम्स वाटको नाममा राखिएको हो। [३] एकाइको नाम सी. विलियम सिमेन्सले १८८२ अगस्ट मा ब्रिटिस एसोसिएसन फर द एडभान्समेन्ट अफ साइन्सको ५२ औं सम्मेलनको अध्यक्षको सम्बोधनमा प्रस्ताव गरेका थिए। [४] एकाइहरूको व्यावहारिक प्रणालीमा एकाइहरू प्रमुख भौतिकशास्त्रीहरूको नामबाट राखिएको उल्लेख गर्दै, सिमेन्स (Siemens )ले शक्तिको एकाइको लागि वाट उपयुक्त नाम हुन सक्छ भन्ने प्रस्ताव गरे। [५] सिमेन्सले व्यावहारिक एकाइहरूको विद्यमान प्रणाली भित्रको एकाइलाई "भोल्टको सम्भाव्यताको भिन्नता मार्फत एम्पियरको करेन्टद्वारा अभिप्रेरित शक्ति" भनेर परिभाषित गरेको छ। [६]

गुणन सम्पादन गर्नुहोस्

SI गुणकः वाट (W)
उपगुणक गुणक
मान चिह्न नाम मान चिह्न नाम
10–1 W dW डेसिवाट 101 W daW डेकवाट
10–2 W cW सेंटिवाट 102 W hW हेक्टोवाट
10–3 W mW मिल्लिवाट 103 W kW किलोवाट
10–6 W µW मइक्रोवाट 106 W MW मेगवाट
10–9 W nW नॅनोवाट 109 W GW गिगावाट
10–12 W pW पीकोवाट 1012 W TW टेरवाट
10–15 W fW फ़ेम्टोवाट 1015 W PW पेटवाट
10–18 W aW एट्टोवाट 1018 W EW एक्सवाट
10–21 W zW ज़ेप्टोवाट 1021 W ZW ज़ेट्टवाट
10–24 W yW योक्टोवाट 1024 W YW योट्टवाट
सामान्य गुणक मोटे अक्षरों में हैं
किलोवाट सामान्यतया इन्जिनको आउटपुट पावर र विद्युतीय मोटर, औजार, मेसिन र हीटरको शक्ति मापन गर्न प्रयोग गरिन्छ। यो प्रसारण रेडियो र टेलिभिजन ट्रान्समिटरहरूको विद्युत चुम्बकीय पावर आउटपुट अभिव्यक्त गर्न प्रयोग गरिने साझा एकाइ पनि हो।
एक किलोवाट लगभग 1.34 हर्स वर बराबर हुन्छ। एउटा हिटिङ कोइल भएको सानो इलेक्ट्रिक हीटरले १ किलोवाट प्रयोग गर्न सक्छ। संयुक्त राज्य अमेरिकामा एक घरपरिवारको औसत बिजुली खपत लगभग १ किलोवाट छ। [lower-roman २]
पृथ्वीको १ वर्ग मिटरको सतह क्षेत्रले (मध्य दिनमा, भूमध्य रेखाको नजिक) सामान्यतया सूर्यबाट लगभग एक किलोवाट सूर्यको किरण ( सौर विकिरण ) प्राप्त गर्दछ । [८]
मेगावाट

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Newell, David B; Tiesinga, Eite (2019). The international system of units (SI) (Report). National Institute of Standards and Technology. https://nvlpubs.nist.gov/nistpubs/SpecialPublications/NIST.SP.330-2019.pdf.  §2.3.4, Table 4.
  2. Comprehensive energy systems. Vol 1: Energy fundamentals 
  3. The Science of measurement: A historical survey, New York, पृ: २३९। 
  4. "Address by C. William Siemens", Report of the Fifty-Second meeting of the British Association for the Advancement of Science 52, London: John Murray, १८८३, पृ: 1–33। 
  5. Siemens supported his proposal by asserting that Watt was the first who "had a clear physical conception of power, and gave a rational method for measuring it." "Siemens, 1883, p. 6"
  6. "Siemens", 1883, p. 5"
  7. Nakagami, Hidetoshi; Murakoshi, Chiharu; Iwafune, Yumiko (2008). "International Comparison of Household Energy Consumption and Its Indicator". ACEEE Summer Study on Energy Efficiency in Buildings. Pacific Grove, California: American Council for an Energy-Efficient Economy. Figure 3. Energy Consumption per Household by Fuel Type. 8:214–8:224. http://www.aceee.org/files/proceedings/2008/data/papers/8_24.pdf. अन्तिम पहुँच मिति: 14 February 2013. 
  8. Elena Papadopoulou, Photovoltaic Industrial Systems: An Environmental Approach, Springer 2011 आइएसबिएन ३६४२१६३०१७, p.153


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-roman", but no corresponding <references group="lower-roman"/> tag was found

"https://ne.wikipedia.org/w/index.php?title=वाट&oldid=1190576" बाट अनुप्रेषित