चिङ वंश (आधिकारिक: महान् चिङ, अङ्ग्रेजी: The Quing Empire or Manchu dynasty) सन् १६३६बाट चिनमा स्थापित अन्तिम जहानियाँ शासक वंश थियो । यस वंशले १६४४ देखि सन् १९१२ सम्म (करिब ३ शताब्दी) राज गरेको थियो जसपछि मिङ वंश र हालको चिनमा स्थापित भएको थियो ।

१६ औँ शताब्दीको अन्तिम सम्ममा मिङका जग्गा धनी नुरहाचीले सैन्य समूह तयार पार्न थाले जसमा हाङचीनियाँ, जुरचेन र मङ्गोल जस्ता जातिहरू पर्थे । उनले नै यसलाई समूहगत तयार पार्दै मान्चुज् नाम दिए ।सन् १६३६ सम्म आइपुग्दा उनका छोरा होङ ताजीले मिङलाई लियाओदाङबाट लखेटे र नयाँ वंश चिङको घोषणा गरे । सन् १६४४ मा लि जिचेङद्वारा अगाडि बडेको समुहले मिङको राजधानी बेङजीङ कब्जा गर्यो । सुरुका शासकहरूले मन्चु शैली नै अपनाए, उनीहरूका उपनाममा शासक हुन्थ्यो । उनीहरू कन्फुसियसका उक्ति पछ्याउँथेँ ।

समाज/संस्कृति

सम्पादन गर्नुहोस्

चिङ वंशको सुरुवात र मध्य समयको सामाजिक इतिहासको मुख्य कुरा जनसङ्ख्या वृद्धि थियो । बढ्दो संख्या विभिन्न ठाउँमा भूगोलमा छरिएका प्रमाणहरू छन्, उक्त समयको चिङ सरकारले नै यस प्रकृयालाई सहयोग गर्ने गर्थ्यो । आर्थिक विकास, व्यापारमा चिङहरू दक्षिण पुर्व सम्म पुग्थे ।

 
विवाहको दृश्य, १७५९

चिङ समाज पाँच भागमा बाँडिएको थियो । साधरणत: चिङ समाज २ भागमा नै विभाजित थियो: पहिलो साधारण/सामान्य र दोस्रो तल्लो वर्ग जसमा (नोकर, कम्लरी, आदि पर्थे) । व्यापारी, किसान, कलाकार, अध्ययनकर्ता सामान्य दर्जामा राखिन्थे ।

 
चिङ समयका फूलदानी

१७ शताब्दीको अन्त सँगैँ चिनियाँ अर्थतन्त्र युद्धबाट सुरक्षित बनेर उदाइसकेको थियो, जुन युद्धमा मिङ वंश फालियो । आउँदा शताब्दीहरूमा बढ्दो जनसङ्ख्या र बाह्य मुलुकहरूसँगको बजारवृद्धि पनि हुँदै गयो । चिनले चिया, रेशम र अन्य उत्पादनहरू पश्चिमा मुलुकहरूमा पुर्याउँदै गयो । यस बापत् चिनले चाँदी भित्रायो जसले बजारको स्थायी कायम गरिरह्यो ।

१८ शताब्दीको अन्तिम सम्म आइपुग्दा जनसङ्ख्या ३०० मिलियन पुगिसकेका थिए । लामो समयसम्म शान्त वातावरण र चीनमा भित्रिएकि नयाँ खाद्य सामग्रीले पनि यसलाई सहयोग मिल्यो । व्यापार चिनियाँ शहरहरूमा बढ्यो ।

यस समयमा कलाको विकास हुँदै आयो । प्रकाशखाना, बाग्लदों शहरी क्षेत्र र कन्फुसियस्का सुत्रहरूको प्रभावले कला क्षेत्रमा परिवर्तन छायो । चिङ समयका सम्राटहरु काव्य र चित्रकलामा पोख्त हुन्थे, उनीहरूको कलाको विषय कन्फुसियस सम्बन्धित नै हुन्थे ।

 
 

चिङ समयमा साहित्य नयाँ उचाइमा पुग्यो । कविता दुवै महिला र पुरुषहरूले नै लेख्थे । यस समयका कविताहरु चिनियाँ ओपेरासँग नजिक छन् ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्