मीरपुर जिल्ला
मिरपुर जिल्ला (उर्दु: ضلع میر پور) पाकिस्तानको आजाद काश्मिर प्रदेशको एक जिल्ला हो। यस जिल्लाको नाम यहाँ रहेको प्रमुख सहर मिरपुरको नाममा राखिएको हो।[१] मिरपुर जिल्लाको जनसङ्ख्या सन् २०११ को राष्ट्रिय जनगणना अनुसार, ४५६२०० रहेको छ भने यस जिल्लाले पाकिस्तानको कुल क्षेत्रफल मध्ये १,०१० वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लाको केही मुख्य क्षेत्रहरू मैदान सहित पहाडले घरेको छ।[२] यस जिल्लाको मौसम तातो, सुख्खा र अन्य भौगोलिक अवस्था हिसाबमा पञ्जाबका छेउछाउको जिल्ला झेलम र गुजरातको इलाकासँग मिल्दोजुल्दो रहेको छ। बाघसार ताल यहाँ रहेको प्रमुख पर्यटकको आकर्षकको केन्द्र विन्दु हो।[३]
मिरपुर
ضلع میر پور | |
---|---|
जिल्ला | |
निर्देशाङ्क: ३३°०८′५७″N ७३°४५′१२″E / ३३.१४९१°N ७३.७५३४°Eनिर्देशाङ्कहरू: ३३°०८′५७″N ७३°४५′१२″E / ३३.१४९१°N ७३.७५३४°E | |
देश | पाकिस्तान |
स्थापना | सन् १९४७ |
सदरमुकाम | मिरपुर |
क्षेत्रफल | |
• जम्मा | १,०१० किमी२ (३९० वर्ग माइल) |
जनसङ्ख्या (सन् २०१७) | |
• जम्मा | ४५६,२०० |
• घनत्व | ४५२/किमी२ (११७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+5 (पाकिस्तानी मानक समय) |
इतिहास
सम्पादन गर्नुहोस्बेलायती औपनिवेशिक कालमा मिरपुर जम्मू कश्मिर राजकीय जम्मू प्रदेशको पाँच जिल्लाहरू मध्ये एक जिल्ला रहेको थियो।[४][५] सन् १९४१ को जनगणना अनुसार यसको जिल्लाको कुल जनसङ्ख्या ३८६६५५ रहेको थियो जस मध्ये करीव ८०% मुस्लिम र १६% हिन्दू अल्पसङ्ख्याक रहेका थिए।[६] तात्कालिक समयमा यस जिल्लामा तीन तहसीलहरू; कोतली, मीरपुर र भीम्बर रहेका थिए जुन हाल छुट्टाछुट्टै जिल्लामा परिणत भएका छन्। पाकिस्तान प्रशासित काश्मिरमा जिल्लाहरू अहिलेको मिरपुर विभागको रूपमा रहेका छन्। पूर्व मिरपुर जिल्लाको सानो अंश पनि भारत प्रशासित काश्मिरको राजौरी जिल्लामा पर्दथ्यो। मूल मिरपुर जिल्ला पुन्छ र राजौरी जिल्लासँग पश्चिम भौगोलिक, जातीय र सांस्कृतिक सम्बन्ध थियो जुन जम्मू सहर र जम्मू प्रदेशको बाँकी क्षेत्रहरू भन्दा बढी छ। [७] मूल मिरपुर जिल्लाको जम्मू सहर र जम्मू प्रदेशको बाँकी भागको तुलनामा, पुन्छ र राजौरी जिल्लाहरूको साथ, पश्चिम पञ्जावसँग घनिष्ट भौगोलिक, जातीय एवम् संस्कृतिक सम्बन्ध रहेको थियो। यी कारणहरूले गर्दा विद्वान क्रिस्टोफर सेण्डेनले, भारतको विभाजनको बेला मिरपुरका मानिसहरू पाकिस्तानमा सामेल हुने तीव्र इच्छा रहेको बताएका थिए।[८]
भाषा
सम्पादन गर्नुहोस्यस जिल्लाको अधिकांश जनसङ्ख्या जाट जातीय समूहको रहेको छ भने त्यसपछि राजपूत र गुज्जर अल्पसङ्ख्यकको जनसङ्ख्या बढी छ। [९]सन् १९५० को दशकमा यस जिल्लाका अन्य तल्लो जातिका समुदायहरू मसाली थिए। यस जिल्लाको हाल पञ्जाबी भाष सबै प्रचलित भाषा हो भने यहाँका केही जनसमुदायहरूले उर्दु र गुजरी भाषा पनि बोल्ने गर्दछन्।[१०]
प्रशासन
सम्पादन गर्नुहोस्आजाद कश्मीरमा रहेको यस जिल्लामा दुईवटा तहसिलहरूमा विभाजित भएको छ।[११]:
१)ददयाल
२) मिरपुर
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ - सरकारी वेबसाइट
- ↑ "Census 2017: AJK population rises to over 4m", द नेसन (en-USमा), अन्तिम पहुँच २०१७-०९-०१।
- ↑ "मिरपुर जिल्ला", विकिवाण्ड, अन्तिम पहुँच नोभेम्बर २०१९।
- ↑ Karim, Kashmir The Troubled Frontiers 2013, पृष्ठ. 29-32.
- ↑ Behera, Demystifying Kashmir 2007, पृष्ठ 15.
- ↑ Snedden 2001, पृष्ठ 118.
- ↑ Snedden 2001, पृष्ठ 112.
- ↑ Snedden 2001, पृष्ठ 120.
- ↑ Lothers & Lothers 2010, पृष्ठ 2.
- ↑ Lothers & Lothers 2010, पृष्ठ 100.
- ↑ "Tehsils of Mirpur District on AJK map", ajk.gov.pk, आधिकारिक वेबसाइट, अन्तिम पहुँच १८ नोभेम्बर २०१९।