मार्को रोयस
मार्को रोयस जर्मन पेशेवर फुटबलर हुन् जो जर्मन बुन्डेसलिगा क्लब बोरूसिया डर्टमन्ड र जर्मनी राष्ट्रिय फुटबल टिमका लागि आक्रामक मिडफिल्डर, विङ्गर वा दोस्रो स्ट्राइकरको रूपमा खेल्ने गर्दछन । उनी आफ्नो वेग, प्राविधिक खेल र निपुर्णताका कारण चिनिन्छन् । रोयसले रट वेस एलेनमा जानु अघि आफ्नो युवा करियर बोरूसिया डर्टमन्डमा खर्च गरे । उनले सिनियर करियरमा ३ क्लबका लागि खेलेका छन् जसमध्ये बोरूसिया मोन्चेनग्लाडब्याचमा आफ्नो खेलमार्फत गहिरो प्रभाव पारेका थिए । रोयस मुख्यत: बायाँपट्टीबाट विपक्षीमाथी हमला गर्नका लागि चिनिन्छन् तथापि दुवै खुट्टाले सुक्ष्म रूपमा बल नियन्त्रण गर्न सक्ने बहुमुखी प्रतिभाका कारण उनी बायाँपट्टी र बीचबाट पनि खेल्न समर्थ छन् । वर्ष २०१२ उनका लागि सफलतम वर्षका रूपमा चिनिन्छ किनकी उनले सो वर्षमा १८ गोल र ८ एसिस्ट (गोलको अवसर) गरेका थिए । रोयस उक्त सिजन समाप्तीपछी डर्टमन्डमा जोडिएका हुन् । उनी ११ नम्बर जर्सीमा डर्टमन्डका लागि मैदान प्रवेश गर्दछन् । डर्टमन्डका साथमा रोयसले २०१३ डिएफएल-सुपरकप जितेका छन् । उनी २०१२ जर्मन वर्ष फुटबलर घोषित भएका थिए । फ्रान्ज बेकेनबर्गले रोयस र गोट्जेको जोडीको बारेमा भनेका छन -" ... फुटबलका प्रतिष्ठित जोडीमध्ये रोयस र गोट्जेको जोडी जत्तिको बहुफलप्रद जोडी अरू कुनै छैन ।" २०१३ मा ब्लुमबर्गले रोयसलाई यूरोपको चौथो उत्कृष्ट फुटबलरको रूपमा सुचिकृत गरेको थियो ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | मार्को रोयस[१] | ||
उचाइ | १.८० मि. (५ फि. ११ इन्च) | ||
खेल्ने स्थान(हरू) | आक्रामक मिडफिल्डर/विङ्गर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | बोरूसिया डर्टमन्ड | ||
सङ्ख्या | ११ | ||
युवा करियर | |||
१९९४-१९९६ | पोष्ट एसभी डर्टमन्ड | ||
१९९६-२००६ | बोरूसिया डर्टमन्ड | ||
२००६-२००८ | रट वेस एलेन | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००६-२००७ | रट वेस एलेन II | ६ | (३) |
२००७-२००९ | रट वेस एलेन | ४३ | (५) |
२००९-२०१२ | बोरूसिया मोन्चेनग्लाडब्याच | ९७ | (३६) |
२०१२- | बोरूसिया डर्टमन्ड | १४७ | (७१) |
अन्तर्राष्ट्रिय करियर | |||
२०१०- | जर्मनी | ३७ | (१०) |
*क्लब घरेलु लिग उपस्थिति र गोल |
अन्तराष्ट्रिय गोल
सम्पादन गर्नुहोस्जर्मनीको गोल पहिले प्रदर्शित, प्रदर्शन र नतिजाको आधारमा:[२]
गोल | मिति | स्थान | विपक्षी | स्कोर | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१ | २७ मे २०१२ | सेन्ट ज्याकब पार्क, बसेल, स्विजरल्याण्ड | स्विट्जरल्यान्ड | ३–५ | ३-५ | मैत्रीपूर्ण खेल |
२ | २२ जुन २०१२ | पीजीई एरिना डान्स्क, डान्सक, पोल्यान्ड | ग्रिस | ३–१ | ४-२ | युइएफए युरो २०१२ |
३ | ११ सेप्टेम्बर २०१२ | अर्नेष्ट हेपल-स्टेडीयन, भियाना, अस्ट्रिया | अस्ट्रिया | १–० | २-१ | २०१४ फिफा विश्वकप छनौट |
४ | १२ अक्टोबर २०१२ | एभिभा स्टेडीयम , डब्लिन, आयरल्यान्ड | आयरल्यान्ड | १–० | ६-१ | २०१४ फिफा विश्वकप छनौट |
५ | २–० | |||||
६ | २६ मार्च २०१३ | स्टेडियन नुनबर्ग, नुरेमबर्ग, जर्मनी | कजाख्स्तान | १–० | ४-१ | २०१४ फिफा विश्वकप छनौट |
७ | ४–१ | |||||
८ | २५ मार्च २०१५ | फ्रिज वाल्टर स्टेडियन, केसर्सलौटर्न, जर्मनी | अस्ट्रेलिया | १–० | २-२ | मैत्रीपूर्ण |
९ | २९ मार्च २०१५ | बोरिस डिनामो अरेना, बिलिसी, जर्जिया | जर्जिया | १–० | २-० | युइएफए युरो २०१६ छनौट |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्डिसेम्बर २०१४ मा रोयसलाई सवारी चालक अनुमति पत्र विना नै गाडी चलाएकाले £५,००,००० भन्दा बढी जरिवाना गराइएको थियो । दोषसिद्ध भेटिएपछी रोयसले भने "मैले यो गर्नुका कारण केही थिए जसलाई म आफैँले बुझ्न सकिन ।" यो घटनाभन्दा पहिले उनी कार र पेट्रोलका व्यापारिक विज्ञापनमा पनि देखिने गर्थे ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "M. Reus", Soccerway, अन्तिम पहुँच ७ डिसेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण २ मे २०२३ मिति
- ↑ अन्तर्राष्ट्रिय गोल
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- जर्मन राष्ट्रिय फुटबल टिम वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२९ मिति (जर्मनेली)
- किकर विवरण (जर्मनेली)
- बुन्डेसलिगा विवरण