मार्को रोयस

जर्मनेली फुटबल खेलाडी
(मार्को रिउस्बाट अनुप्रेषित)

मार्को रोयस जर्मन पेशेवर फुटबलर हुन् जो जर्मन बुन्डेसलिगा क्लब बोरूसिया डर्टमन्डजर्मनी राष्ट्रिय फुटबल टिमका लागि आक्रामक मिडफिल्डर, विङ्गर वा दोस्रो स्ट्राइकरको रूपमा खेल्ने गर्दछन । उनी आफ्नो वेग, प्राविधिक खेल र निपुर्णताका कारण चिनिन्छन् । रोयसले रट वेस एलेनमा जानु अघि आफ्नो युवा करियर बोरूसिया डर्टमन्डमा खर्च गरे । उनले सिनियर करियरमा ३ क्लबका लागि खेलेका छन् जसमध्ये बोरूसिया मोन्चेनग्लाडब्याचमा आफ्नो खेलमार्फत गहिरो प्रभाव पारेका थिए । रोयस मुख्यत: बायाँपट्टीबाट विपक्षीमाथी हमला गर्नका लागि चिनिन्छन् तथापि दुवै खुट्टाले सुक्ष्म रूपमा बल नियन्त्रण गर्न सक्ने बहुमुखी प्रतिभाका कारण उनी बायाँपट्टी र बीचबाट पनि खेल्न समर्थ छन् । वर्ष २०१२ उनका लागि सफलतम वर्षका रूपमा चिनिन्छ किनकी उनले सो वर्षमा १८ गोल र ८ एसिस्ट (गोलको अवसर) गरेका थिए । रोयस उक्त सिजन समाप्तीपछी डर्टमन्डमा जोडिएका हुन् । उनी ११ नम्बर जर्सीमा डर्टमन्डका लागि मैदान प्रवेश गर्दछन् । डर्टमन्डका साथमा रोयसले २०१३ डिएफएल-सुपरकप जितेका छन् । उनी २०१२ जर्मन वर्ष फुटबलर घोषित भएका थिए । फ्रान्ज बेकेनबर्गले रोयस र गोट्जेको जोडीको बारेमा भनेका छन -" ... फुटबलका प्रतिष्ठित जोडीमध्ये रोयस र गोट्जेको जोडी जत्तिको बहुफलप्रद जोडी अरू कुनै छैन ।" २०१३ मा ब्लुमबर्गले रोयसलाई यूरोपको चौथो उत्कृष्ट फुटबलरको रूपमा सुचिकृत गरेको थियो ।

मार्को रोयस
व्यक्तिगत जानकारी
पुरा नाम मार्को रोयस[१]
उचाइ १.८० मि. (५ फि. ११ इन्च)
खेल्ने स्थान(हरू) आक्रामक मिडफिल्डर/विङ्गर
क्लब जानकारी
वर्तमान टोली
बोरूसिया डर्टमन्ड
सङ्ख्या ११
युवा करियर
१९९४-१९९६ पोष्ट एसभी डर्टमन्ड
१९९६-२००६ बोरूसिया डर्टमन्ड
२००६-२००८ रट वेस एलेन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६-२००७ रट वेस एलेन II (३)
२००७-२००९ रट वेस एलेन ४३ (५)
२००९-२०१२ बोरूसिया मोन्चेनग्लाडब्याच ९७ (३६)
२०१२- बोरूसिया डर्टमन्ड १४७ (७१)
अन्तर्राष्ट्रिय करियर
२०१०- जर्मनी ३७ (१०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

अन्तराष्ट्रिय गोल सम्पादन गर्नुहोस्

जर्मनीको गोल पहिले प्रदर्शित, प्रदर्शन र नतिजाको आधारमा:[२]

गोल मिति स्थान विपक्षी स्कोर नतिजा प्रतियोगिता
२७ मे २०१२ सेन्ट ज्याकब पार्क, बसेल, स्विजरल्याण्ड   स्विट्जरल्यान्ड –५ ३-५ मैत्रीपूर्ण खेल
२२ जुन २०१२ पीजीई एरिना डान्स्क, डान्सक, पोल्यान्ड   ग्रिस –१ ४-२ युइएफए युरो २०१२
११ सेप्टेम्बर २०१२ अर्नेष्ट हेपल-स्टेडीयन, भियाना, अस्ट्रिया   अस्ट्रिया –० २-१ २०१४ फिफा विश्वकप छनौट
१२ अक्टोबर २०१२ एभिभा स्टेडीयम , डब्लिन, आयरल्यान्ड   आयरल्यान्ड –० ६-१ २०१४ फिफा विश्वकप छनौट
–०
२६ मार्च २०१३ स्टेडियन नुनबर्ग, नुरेमबर्ग, जर्मनी   कजाख्स्तान –० ४-१ २०१४ फिफा विश्वकप छनौट
–१
२५ मार्च २०१५ फ्रिज वाल्टर स्टेडियन, केसर्सलौटर्न, जर्मनी   अस्ट्रेलिया –० २-२ मैत्रीपूर्ण
२९ मार्च २०१५ बोरिस डिनामो अरेना, बिलिसी, जर्जिया   जर्जिया –० २-० युइएफए युरो २०१६ छनौट

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

डिसेम्बर २०१४ मा रोयसलाई सवारी चालक अनुमति पत्र विना नै गाडी चलाएकाले £५,००,००० भन्दा बढी जरिवाना गराइएको थियो । दोषसिद्ध भेटिएपछी रोयसले भने "मैले यो गर्नुका कारण केही थिए जसलाई म आफैँले बुझ्न सकिन ।" यो घटनाभन्दा पहिले उनी कार र पेट्रोलका व्यापारिक विज्ञापनमा पनि देखिने गर्थे ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "M. Reus", Soccerway, अन्तिम पहुँच ७ डिसेम्बर २०१३ 
  2. अन्तर्राष्ट्रिय गोल

बाह्य कडीहरू सम्पादन गर्नुहोस्