मान बहादुर श्रेष्ठ एक नेपाली भलिबलका राष्ट्रिय खेलाडी हुन्।भने उनले नेपाली सेनामा व्यवसायीक कार्य गर्दै भलिबल खेललाई पनि अगाडि बढाइ रहेका छन्।[१]

मान बहादुर श्रेष्ठ
व्यक्तिगत जानकारी
जन्म नाममान बहादुर श्रेष्ठ
पुरा नाममान बहादुर श्रेष्ठ
राष्ट्रियता नेपाल
जन्मपुरानो कावासोती, नवलपरासी
खेल
खेलभलिबल
क्लबत्रिभुवन आर्मी भलिबल क्लब
टोलीनेपाल
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
सवर्ण पदक – पहिलो स्थान २०१७ सेन्ट्रोन जोन इन्टरनेसनल भलिबल प्रतियोगिता

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

नवलपरासी पुरानो कावासोतीका उनी स्कुले जीवनमा सुरुमा सौखले फुटबल, क्रिकेट खेल्थे । विस्तारै उनको रुचि भलिबलतर्फ बढ्दै गयो । भलिबलतर्फ आकर्षित हुनुको मुख्य कारण उचाई थियो।

आर्मीमा छनोटका लागि जाँदा कलर भिजनको कारण फालिएका मान बहादुर पछि खेलाडी भएकै कारण सेनामा भर्ती हुने अवसर पाएका थिए।साथै उनी भलिबलकै कारण जागिर खाए बढुवा समे भइराखेका छन्।

खेल जीवन सम्पादन गर्नुहोस्

१५/१६ वर्षको उमेरबाट उनले भलिबल खेल्न सुरु गरेका थिए।६ फिटका मान बहानुरको स्कुल पार गर्दा भलिबल बेसिक राम्रो भइसकेको थियो । जब देखि उनले भलिबललाई नै करियर बनाउछु भन्ने अठोट लिए त्यसपछि भने उनले पछाडि फर्कनु परेको छैन ।

नवलपारसीबाट यू १९ खेल्न पोखरा पुगेका उनको खेलबाट सबै प्रभावित हुन्थे । पछि उनीले नेपाल पुलिस क्लबबाट दुई वर्ष करारमा बसेर पनि खेले । त्यसपछि २०७१ सालमा उनको यात्रा नेपाली सेनातर्फ मोडियो । सेनामा उनी विस्तारै जम्दै र राष्ट्रिय टोलीको यात्रा तय गर्न सफल भए ।


राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

उनी सम्मिलित राष्ट्रिय टोलीले २०७३ चैतमा पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय पदक पनि दिलाएको थियो । उनी आफ्नो खेल जीवनको सबैभन्दा खुसीको क्षण त्यसलाई नै मान्छन् । नेपाले एभिसी सेन्ट्रल जोनमा कास्य पदक जित्दा मानबहादुरले बेस्ट आउट साइडर सेकेन्ड एट्याकरको उपाधि जितेका थिए । अहिले उनी राष्ट्रिय टोलीका मुख्य खेलाडी हुन् । तत्कालीन पदक विजेता राष्ट्रिय टोलीका प्रशिक्षक जगजित भट्टको नजरमा मानबहादुर भलिबलका ‘अलराउन्डर ’ हुन् ।

सम्मान तथा पुरस्कारहरू सम्पादन गर्नुहोस्

  एभिसी सेन्ट्रल जोन
२०१७
  • बेस्ट आउट साइडर सेकेन्ड एट्याकर
राखेप च्याम्पियनसिप
२०७४

हङकङ नेपाली समाज कप सम्पादन गर्नुहोस्

२०१७
  • विजेता
  • उत्कृष्ट खेलाडी

पारिवारिक जीवन सम्पादन गर्नुहोस्

भलिबल खेल्ने क्रममा लिसा थापासँग उनको प्रेम बसेको थियो।पछि त्यही प्रेम विवाहमा रूपान्तरण भएको थियो।

स्रोत सम्पादन गर्नुहोस्

  1. www.Hamrokhelkud.com खेलाडी सँग १२/२७ कुरा

बाह्य कडीहरू सम्पादन गर्नुहोस्