भास्कर मल्ल कान्तिपुरका राजा हुन् । वि.सं. १७५७ मा पिता राजा भूपालेन्द्र मल्लको निधन भएपछि उनी कान्तिपुरका राजा भए । ललितपुरको गद्दी पनि खाली हुनाले त्यहाँका पनि राजा भए । उनी निसन्तान भएकाले जगज्जय मल्ललाई आफ्नो उत्तराधिकार बनाए । प्लेग रोगको महामारीले वि.सं. १७७९ मा उनको मृत्यु भयो । [१][२]

भाष्कर मल्ल
कान्तिपुरको राजा
शासनकालवि सं १७५७-१७७९
पूर्वाधिकारीभूपालेन्द्र मल्ल
उत्तराधिकारीजगज्जय मल्ल
सन्ताननिसन्तान
वंशमल्ल वंश
बाबुभूपालेन्द्र मल्ल

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. राजा महीन्द्रसिंहदेव (भाष्कर मल्ल) को तमसुक ताडपत्र
  2. नेपालको तथ्य इतिहास पृष्ठ ९०, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१