महावीर शमशेर जङ्गबहादुर राणा


मेजर जनरल महावीर सम्शेर ज.ब.रा. नेपालका पूर्वमन्त्री हुन्। यिनी मातृकाप्रसाद कोइरालाको २००८ मंसीर १ गतेको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए। यिनी राणा प्रधानमन्त्री भीम सम्शेरका सन्तान हुन्।

महावीर सम्शेर राणा
राष्ट्रियतानेपाली
पेशाराजनीति
व्यवसाय

पारिवारिक पृष्ठभुमि सम्पादन गर्नुहोस्

महावीर शमशेर भीमशमशेरका नाति तथा प्रकाशशमशेरका छोरा थिए। चन्द्र शमशेरले बनाएको ए बि सि रोलक्रममा, उनी सि क्लासका राणामा पर्दथे। बि.सं. १९९० मा जुद्धशमशेरले सि-क्लासका राणालाई निष्कासन गर्दा प्रकाश समशेर र उनका सन्तानहरू त्यसमा परे। उनको सर्वस्वहरण भयो।[१] त्यसकारण महावीर शमशेर राणाविरोधी आन्दोलनमा लागे।

राजनीति सम्पादन गर्नुहोस्

श्री ३ हुने रोलक्रमबाट हटेपछि महावीर शमशेर राणाविरोधी अभियानमा सहभागी भए। राणा परिवारबाटै राणा शासन अन्त्यको लागि लागिपर्नेमा सुवर्ण शमशेर, रुद्र शमशेर लागयत उनको नाम आउँछ। उनीहरूले नेपाली कांग्रेसको आन्दोलनलाई आर्थिक सहयोग गरे।

२००७ फागुन ७ मा नेपालमा प्रजातन्त्रको घोषणा भयो। त्यसपछि मोहनशमशेरको नेतृत्वमा राणा-कांग्रेस संयुक्त सरकार बन्यो। २००८ असोजमा यो सरकार विघटन भयो। त्यसपछि बनेको मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी योजना बिकास, बन, खानी तथा विद्युत मन्त्री भएका थिए।[२]

२००९ श्रावण ३१ मा राजा त्रिभुवनले गठन गरेको परामर्शदाता समितिमा महावीर शमशेरलाई गृह र योजना तथा विकास बिभागको (मन्त्रालयको) जिम्मेवारी दिइएको थियो। [३]

२०१० असार २ मा बनेको मन्त्रीपरिषदमा पनि उनी मन्त्री नियुक्त भएका थिए।[४]

व्यवसाय सम्पादन गर्नुहोस्

महावीर शमशेर नेपालमा हवाइजहाज सेवाको सुरुवात गर्ने व्यक्ति हुन्। हिमालयन एभिएसनको नाममा नेपालमा पहिलो पटक डिसी ३ हवाईजहाज उडेको थियो।

नेपालको राजनीति त्यागेर उनी कलकत्तामा व्यवसाय गर्न थाले। कलकत्तामा टाइगर सिनेमा, डलहौजी प्रोपर्टिज, हुँमायुँ प्रोपर्टिज, हिमालयन एभिएसन, कलकत्ता क्लब, क्लब थ्री हन्ड्रेड जस्ता कम्पनीका उनी मालिक थिए।

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

मृत्यु सम्पादन गर्नुहोस्

उनको मृत्यु मृगौला फेल भएको कारणले भयो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. सुनिल उलाक
  2. २००८ मंसिर ११ को राजपत्र
  3. २००९ भाद्र १०को राजपत्र
  4. २०१० असार ४ को राजपत्र