भीम शमशेर जङ्गबहादुर राणा

भीम शमशेर जङ्गबहादुर राणा (वि.सं १९२२ बैशाख ०५-वि.सं १९८९ भाद्र १७)राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दिप सिंहको हत्यामा उनी पनि संलग्न थिए। खड्गशमशेर, भीम शमशेर र डम्बर शमशेरले रणोद्दिप माथी गोलि प्रहार गर्‍का थिए। यिनी थोरै समयमा धेरै शोषण गर्ने शासक हुन्। २९ वर्ष अवधि सम्म प्रधान सेनापति रहेका यिनीलाई बुढा महाराज पनि भनिन्छ।

भीम शमशेर जङ्गबहादुर राणा
Prime Minister Bhim Shamsher 2 (cropped).png
नेपालका १४ औँ प्रधानमन्त्री
कार्यकाल
वि.सं. १९८६ मंसिर १२ – वि.सं. १९८९ भाद्र १७
पूर्वाधिकारीचन्द्र शमशेर
उतराधिकारीजुद्ध शमशेर
व्यक्तिगत विवरण
जन्मवि.सं. १९२२ बैशाख ०५
मृत्युवि.सं. १९८९ भाद्र १७
अभिभावकs

जन्मसम्पादन

उनी आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का पाँचौं र अन्तिम पुत्र हुन् । उनका मावली हजुरबुवा काजी हेमदलसिंह थापा र मामा काजी कर्णेल केशरसिंह थापा हुन् ।

४२ सालको पर्वसम्पादन

देवशमशेरको अपदस्तसम्पादन

कम्यान्डर इन चिफसम्पादन

देव शमशेरलाई पदच्युत गरेर धनकुटा पठाएपछि चन्द्र शमशेर श्री ३ तथा प्राइममिनिस्टर बने। भीम शमशेर कम्यान्डर इन चिफ (प्रधानसेनापति) बने। उनी नेपाली सेनामा सबैभन्दा लामो समय प्रधानसेनापति बन्ने व्यक्ती हुन्। उनी १९५९ देखि २८ वर्ष सैनिक नेतृत्वमा रहे।

श्री ३ महाराजसम्पादन

१९८३ मा चन्द्र शमशेरको निधन भएपछि भीम शमशेर श्री ३ महाराज तथा प्राइममिनिस्टर भएका थिए।

कार्यहरूसम्पादन

भीम शमशेरले श्री ३ चन्द्रका जति कार्यहरू गरेनन् तापनि पुगनपुग ३ वर्षमा उनले केही कार्यहरू गरे ।

  • कार्यलय बिहान १० देखि ४ बजे सम्म खुल्ने र शनिबार बिदा गर्ने
  • नेपालमा चाहिने नुन, कपास भन्सार माफ। कपास खेती लाई प्रोत्साहन
  • राजकाज मुद्दा बाहेक अरू मुद्दामा मृत्युदण्ड नदिइने
  • विराटनगर र काठमाडौँमा खानेपानीको व्यवस्था र पाटन, भादगाउँमा केही विद्यालयको स्थापना

शोषणसम्पादन

श्री ३ भीमशमशेर अफिमची हुनाले त्यस बेलाका राजदरबारिया कुलतमा चुर्लुम्म डुबेका थिए। आफ्ना विश्वासिला मानिसलाई धनी बनाउने प्रसङ्गमा बाहिरबाट चाँदी झिकाई पैसा ढाल्ने साँचो घरघर पठाउन थाले । नेपालमा गरिबी छँदै थियो अझ थप मुद्रास्फीति पनि बढ्यो र बजारमा भाउ बेसाहा बढ्यो ।[१]

ग्याल्पो काण्डसम्पादन

मुख्य लेख :ग्याल्पो काण्ड

जनजागरण अभियानसम्पादन

लाइब्रेरी पर्वसम्पादन

लाइब्रेरी पर्वले भीमशमशेरको अनुदार छवि प्रस्तुत गर्छ। खास गरी उनले सार्वजनिक सूचना जारी गरी जनहितका निमित्त सुझाव मागेकामा लक्ष्मीप्रसाद देवकोटा लगायत ४० जनाले नेपालमा सार्वजनिक पुस्तकालय खोल्न पाउनुपर्ने माग राखे। सार्वजनिक पुस्तकालय खोल्छु भन्नेलाई उनले जेलमा कोचे। यस्तो धोखाधडीका कारण पनि उनी इतिहासमा बदनाम छन्।

प्रचण्ड गोरखापर्वसम्पादन

भीमशमशेरको प्रधानमन्त्रीकालको दोस्रो वर्षमा राणा शासनका विरुद्ध ठूलो षड्यन्त्र भयो, जसलाई प्रचण्ड गोरखापर्व भनिन्छ । प्रचण्ड गोरखाको उद्देश्य नेपालबाट राणाशासन खत्तम गर्ने थियो । श्री ५ राजेन्द्रका वंशका लक्ष्मण राजाले यस षड्यन्त्रको पोल भीमशमशेरलाई खोलिदिएकाले यसमा सहभागी खण्डमानसिंह बस्न्यात , मैनाबहादुर लगायत सबै गिरफ्तार भए ।



सन्दर्भ सामग्रीहरूसम्पादन

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २५९, आइएसबिएन 99933-2-406-X 

बाह्य कडीहरूसम्पादन